Logo
१२ श्रावण २०८१, शनिबार
(November 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान दुर्घटना : चालक, एयरहोस्टेस, असई र प्रहरी जवान गम्भिर

काठमाडौं : हुम्लामा तारा एयरको ९ एन–एबीएम कलसाइन ट्वीनअटर विमान दुर्घटना हुँदा घाइते भएका सात जनामध्ये चार जना गम्भिर रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताएका छन् ।

घाइतेमध्ये असई अमृत बराललाई सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको छ भने बाँकी तीन जनालाई तारा एयरकै अर्को विमानबाट नेपालगन्ज लगिएको छ । सहचालक अमित गुरुङ सामान्य घाइते भएका छन् ।

बास्कोटाका अनुसार चालक बसन्त लामा, एयरहोस्टेस श्रृया श्रेष्ठ, प्रहरी असई अमृत बराल र प्रहरी जवान यमप्रसाद दाहाल गम्भिर घाइते भएका छन् ।

बास्कोटाले जम्मा सात जना घाइते भएकामा तीन जनाको अवस्था सामान्य रहेको र सिमकोट अस्पतालमा उपचार भइरहेको बताए ।

विमानमा १३ जना यात्रु र तीन जना चालक दलका सदस्य थिए । १३ जना सबै प्रहरी हुम्लाको निर्वाचन सकेर सुर्खेत फर्किने क्रममा थिए ।

प्रमुख जिल्ला अधिकारी बास्कोटाका अनुसार तारा एयरको विमान रनवेबाट २० मिटर तल झरको छ भने अगाडिको भागमा पूरै क्षति पुगेको छ ।

दुर्घटनाग्रस्त विमान रनवेबाट बाहिर पुगेकाले विमानस्थल सुचारु भएको छ । हुम्ला विमानस्थलबाट सुर्खेत उड्नका लागि रनवेमा कुदिरहेको विमानको पाङ्ग्रा पञ्चर भएर मंगलबार बिहान विमान दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति: Nov 28, 2017

प्रतिक्रिया दिनुहोस्