Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव जीवन र धर्म के हो ? (सनातन विचार, भाग – १)

प्रस्तोता : श्री दिलिप कु. मेहता

स वै पुंसा परो धर्माे यतो भक्तिरधोक्षजे
अहैतुक्यप्रतिहताययात्मा सुप्रसीदति ।।

सम्पूर्ण मानव समाजको सर्वाेच्च कर्तव्य (धर्म) भनेको दिव्यभगवान्प्रतिगरिने पे्रमाभक्तिले युक्त सेवाहो । त्यस्तो प्रेमाभक्तिनिःस्वार्थ, निरन्तर र भगवान्लाई सन्तुष्ट पार्नका लागिहुनुपर्दछ । (श्रीमद्भागवत् १.२.६)

नैमिषारण्यका ऋषिहरुको पहिलो प्रश्नको उत्तर दिदै श्रीसूतगोस्वामीले यो श्लोक भन्नुभएको हो । पतित र सामान्यजनसाधारणले सजिलै बुझेर त्यसलाई अङ्गिकार गर्न सक्ने गरेर सम्पूर्ण शास्त्रको सार र अत्यन्तआवश्यकभागमात्र सुनाउनऋषिहरुले अनुरोध गर्नुभयो । वेदले मानवलाई दुई प्रकारका कार्य गर्न सिफारिस गरिएको छ । एउटा प्रवृत्तिमार्ग वाइन्द्रिय सुखको मार्ग र अर्काे निवृतिमार्ग (त्याग)वा सन्यासको मार्ग । इन्द्रिय सुखततर्फकोमार्ग निम्नस्तरको छ र सन्यासतर्फको मार्ग विशिष्ट वाउच्च स्तरको छ ।

प्राणीको भौतिकअवस्थाभनेको रोगले आक्रान्तभएको वास्तविकजीवनहो । वास्तविकजीवनभनेको दिव्यअवस्थावाब्रह्मभूत (श्रीमद्भागवत् १.३०.२०)अवस्थाहो, जुनशाश्वत,आनन्दमय र पूर्ण ज्ञानले युक्तहुन्छ । भौतिकअवस्थाभनेको अस्थायी (क्षणिक), भ्रमले युक्त र पूर्ण दुःखले युक्तहुन्छ । यसमाकुनै सुख नै हुदैन । यस अवस्थामा प्राणीले दुःखबाट छुट्कारा पाउने झुटो प्रयास गर्दछ । क्षणिक र झुटो दुःखबाट मुक्तिपाउनुलाई नै सुख ठान्दछ । त्यसैले, यो प्रगतिशीलभौतिक सुखको मार्ग क्षणिक, दुःखैदुःखले युक्त र भ्रमले भरिएको छ । त्यसैले, यो निम्नस्तरको छ ।

तर, भगवान्प्रतिको भक्तिमय सेवा, जसले प्राणीलाई शाश्वतआनन्दले युक्त र पूर्ण ज्ञानले युक्तजीवनतर्पm लैजान्छ, त्यसलाई नै विशिष्ट वाउच्चस्तरको कार्य भनिन्छ । यस्तो कार्य पनिकहिलेकाहीनिम्नस्तरको कार्यसँग मिसिएपछि दूषित हुनजान्छ । उदाहरणका लागिभक्तिमय सेवापनिभौतिकवस्तु प्राप्तगर्नका लागि स्वीकार गरिएको छ भने त्यसले त्याग वा सन्यासको मार्गमाप्रगतिगर्न वाधा दिन्छ । रोगले युक्त बद्ध जीवनले सुख प्राप्तगर्ने कार्य गर्नुभन्दात्यागद्वारा मुख्यलक्ष्यप्राप्तगर्नु राम्रो कार्य हो । त्यस्तो सुखले रोगको लक्षण वुद्धि गर्दछ ।

त्यसको अवधीपनि बढाउँदछ । त्यसैले, भगवान्प्रतिको भक्तिमय सेवा शुद्ध हुनुपर्दछ अर्थात सकेसम्म धेरै कमभौतिक सुखको चाहनासहितको हुनुपर्दछ ।त्यसकारण अनावश्यककामनाहरु, कार्यफलको आशासहितको कार्य र दार्शनिककल्पनारहितको सर्वाेच्च गुणले युक्तभक्तिमयभगवान्को सेवालाई स्वीकार गर्नुपर्दछ । एक मात्रयसो गर्नाले मानिसलाई भगवान्को सेवागर्दा अविरल सान्त्वनाततर्फ डो¥याउँदछ ।

(लेखक मेहता काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेसका असिस्टेन्ट प्रोफेसर र अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ, इस्कोन नेपालका आजीवन सदस्य हुन् ।)

प्रकाशित मिति: Nov 28, 2017

प्रतिक्रिया दिनुहोस्