Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

WCL च्याम्पियनसिप अन्तर्गत युएर्इ विरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं : विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध खेल्ने नेपाली टोलीकाे घोषणा गरिएको छ ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली छनोट सार्वजनिक गरिएको हाे। आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट टोलीले खेलाडी छनोट गरेको हो ।

च्याम्पियनसिप अन्तर्गत अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । यसअघि हङकङ विरुद्धको खेलमा अवस्थताका कारण नखेलेका स्पिनर शक्ति गौचन सहित दीलिप नाथ टोलीमा फर्किएका छन् । हङकङ विरुद्धको खेलमा रहेका सुशील कँडेलले भने अन्तिम सुचिमा नाम अटाउन सकेनन् ।

कुशल भुर्तेल, जितेन्द्र कुमार मुखिया, सिद्दान्त लोहली र अनिल कुमार शाह वैकल्पिक खेलाडीका रुपमा रहेको टोलीका अनिल र कुशल नेपाली टोलीसँगै बैकल्पिक खेलाडीका रुपमा युएई जाने टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

नेपाली टोली बुधबार युएई प्रस्थान गर्नेछ। युएई टूरमा नेपालले अमेरिका र केन्यासँग डिसेम्वर १ र ३ मा अभ्यास खेल खेल्ने तालिका रहेको छ। नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा अबुधावीको शेख जायेद रङ्गशालामा खेल हुनेछ।

नेपाली टोली :

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, विनोद भण्डारी, सागर पुन, करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, ललितसिंह भण्डारी, आरिफ शेख, दिलिप नाथ

वैकल्पिक खेलाडी :

जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल कुमार शाह, सिद्दान्त लोहनी

प्रकाशित मिति: Nov 27, 2017

प्रतिक्रिया दिनुहोस्