Logo
११ श्रावण २०८१, शुक्रबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामले बहुमत हासिल गरे सबै भेगका जनताको अधिकार कुण्ठित हुने : : देउवा

अमर काफ्ले, इनरुवा : प्रधानमंत्री शेरबहादुर देउवाले एमाले माओवदीबिचको गठबन्धनले मुलुकलाई अधिनायकबाद तर्फ डोर्याउन खोजेको आरोप लगाएका छन् । देउवाले बाम गठबन्धनले चुनावमा बहुमत हासिल गरे तराई, मधेश, पहाड सबै भेगका जनताको अधिकार कुण्ठित हुने र एकतन्त्रिय अधिनायकबादले मुलुकलाई जटिततातर्फ धकेल्ने बताए ।

सुनसरीको देवानगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गदै देउवाले मंसिर २१ गतेको निर्वाचनले नेपाली कांग्रेसलाई जनताको मतले ठुलो पार्टी बनाउने भन्दै बाम गठबन्धनको जितको सपना चकनाचुर हुने दावी समेत गरे ।देउवाले नेकपा एमालेले तराई र पहाडेबिच द्धन्द्ध फैलाएर राजनैतिक अस्थिरता बढाएको बताए ।

त्यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान मंत्री बिजयकुमार गच्छदारले विगतदेखि मुलुकका प्रमुख क्रान्तिहरुमा नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्दै आएकाले अबको नेतृत्व समेत कांग्रेसकै हातमा जाने निश्चित रहेको बताए ।

बाम गठबन्धन गरी सत्ता हत्याउने दाउमा लागेकाहरु मंसिर २१ को चुनावी नतिजाले पाखा लाग्ने गच्छदारको भनाई थियो । गच्छदारले लोकतन्त्र रक्षा सहित समग्र मूलकको शान्ति र समृद्धिकालागि नेपाली कांग्रेस बाहेकको विकल्प नरहेको धारणा राखे ।

त्यसैगरी सोही सभामा बोल्ने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले सदैव लोकतन्त्र सखाप पार्ने काम मात्रै गर्दै आएको बताए । पौडेलले एमालेले मुलुकको हीतका कुनै काम गर्न नसकेको आरोप लगाए । सबैजातजातिको रक्षा र मुलुकको समृद्धिकालागि नेपाली कांग्रेसको जित आवश्यक रहेको उनको धारणा थियो ।

 

प्रकाशित मिति: Nov 27, 2017

प्रतिक्रिया दिनुहोस्