Logo
१२ श्रावण २०८१, शनिबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

BSC नर्सिङ्ग छात्राको रस्यमय मृत्यु, हत्या आशंका (भिडियो)

कृष्णा मेडिकल & टेक्निकल रिसर्च सेन्टरमा Bsc. नर्सिंङ्ग तेश्रो बर्षमा अध्ययनरत छात्रा रन्जनाकुमारी ठाकुरको रसस्यमय मृत्युु भएको छ ।

जनकपुर स्थित किशोरी नगरमा रहेको उनको ससुरालीमा ठाकुरको मृत अवस्थामा शव फेला परेको हो । तर मृत्युको कारण भने खुल्न सकेको छैन ।

स्थानीयका अनुसार एक बर्ष अघि आनन्दमोहन ठाकुरसंग बैबाहिक सुत्रमा बाधिएकी रन्जनालाई उनका ससुराले पटक-पटक यातना दिने गरिन्थ्यो ।

मृतकको शरीरको अवस्था र प्रकृति हेर्दा हत्या भएको आशंका गरिएता पनि यसको कुनै ठोस कारण फेला परिनसकेको प्रहरीको भनाइ रहेको छ ।

स्थानिया युवाहरुले स्थानीय प्रशासनसंग उक्त घटनाको उच्च स्तरिय छानबिन गरि सत्य तथ्य बाहिर ल्याउन जोड्दार मांग गरेकाछन ।

उनीहरुले पिडितलाई न्याय र दोषीलाई कडा भन्दा कडा कारबाही गरि सुशासनको अनुभूति गराउन र कानुनि राज्यको प्रत्याभूति गर्न गराउन समेत आग्रह गरेका छ्न ।

प्रकाशित मिति: Nov 27, 2017

प्रतिक्रिया दिनुहोस्