Logo
१२ श्रावण २०८१, शनिबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन पछि सरकारको नेतृत्व म गर्छु, कांग्रेस ठूलो दल बन्ने छ : डा.काेइराला

काठमाण्डौ : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन पछि सरकारको नेतृत्व आफुले गर्ने बताएका छन् । उनले यस पटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने दाबी गर्दे कांग्रेसको पक्षमा लहर आएको दाबी गर्दै कोइरालाले कांग्रेस ठूलो दल बन्ने बताए । चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै महामन्त्री कोइरालाले चुनावपछि सरकारको नेतृत्व आफु पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलमध्ये जसले पनि गर्नसक्ने बताए ।
उनले देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना बढि रहेको दावी गरे । प्रधानमन्त्रीका लागि सबै नेता आकांक्षी हुनु स्वभाविक भएको बताउँदै महामन्त्री कोइरालाले प्रक्रिया पु¥याएर प्रधानमन्त्री को बन्ने भन्ने टुङ्गो लगाइने जानकारी दिए ।

नवलपुर स्तित स्थानिय पत्रकारहरुसंगको साक्षत्कारमा महामन्त्री कोइरालाले यस पटकको चुनावमा कांग्रेस एकतावद्ध भएर लागेको दावी गरे । नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत रहेका डा. कोइरालाले जिल्लाको विकासका लागि आफू प्रतिवद्ध भएको बताए । जिल्लामा भएका सिँचाई, तटबन्ध निर्माण, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा आफू प्रतिवद्ध रहेको कोइरालाको भनाई छ । उनलेले जिल्लामा अन्तराष्ट्रिय रंगशाला बनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

राजनीतिक क्रान्तिको नेतृत्व कांग्रेसले गरेको बताउँदै महामन्त्री डा कोइरालाले अब आर्थिक विकासको नेतृत्व पनि कांग्रेसले गर्ने बताए । कांग्रेसको नेतृत्वमा विकासको यात्रा सुरु भएपछि नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियान पनि सुरु गरिने उनले बताए । अहिले विकासको मुद्दा नै पहिलो प्राथमिकता भएको बताउँदै कोइरालाले केही वर्षपछि हिन्दुराष्ट्रका बारेमा जनमत संग्रह गरिने बताए ।

प्रकाशित मिति: Nov 27, 2017

प्रतिक्रिया दिनुहोस्