Logo
१२ श्रावण २०८१, शनिबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीबाट उम्मेदवार रहेका सर्लाही ४ का शिवपूजन रायको उम्मेदवारी रद्द

काठमाडौँ : सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का माओवादी केन्द्रका उमेदवार शिवपूजन रायको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । उनीविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार सिंह र अर्का स्वतन्त्र उमेदवार अनिलकुमार सिंहले आयोगमा निवेदन दर्ता गराएका थिए ।

संविधानसभामा सदस्य रहेका रायले कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतबाट सजाय पाएका हुन् ।  निर्वाचन आयोगले निर्णय गर्न ढिला गरेपछि उजुरीकर्ताहरु सर्वोच्चमा समेत रिट दायर गरेका छन् । विशेष अदालतले २०७२ साउन २६ गते कुटनीतिक राहदानी (सरकारी कागजात) सच्याई हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई ४ महिना कैद र १५ हजारको जरिवानाको फैसला गरेको थियो । उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ ।

पहिलो संविधानसभा तात्कालिन सर्लाही निर्वाचन क्षेत्र नम्बर ६, फोरमबाट निर्वाचित राय दोस्रो संविधानसभामा तराई मधेस सदभावना पार्टीबाट उमेदवार भई पराजित भए र यतिबेला उनी माओवादीबाट उम्मेदवार बनेका थिए । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन् । अदालतको फैसला नआउदै आयोगले यनको उम्मेदवारी रद्द गरेको हो ।

प्रकाशित मिति: Nov 27, 2017

प्रतिक्रिया दिनुहोस्