Logo
१५ चैत्र २०८०, बिहीबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखाको मतदानकेन्द्रमा तनाब, ५ राउन्ड हवाई फायर

सुन्दर पाण्डे, दोलखा : दोलखाको निर्वाचनमा अपराह्न पछि तनाव सुरु भएको छ । नखसेको मत अन्य व्याक्तिहरुले हाल्न खोजे पछि जिल्लाका विभिन्न मतदान केन्द्रमा तनाब भएको हो । मतदान केन्द्रको अवस्था अहले नियन्त्रणमा आएको र मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जनाए ।

बैत्येश्वर गाउँपालिका ७ मार्वुमा वाम गठवन्धनका कार्यकर्ताले वुथ कब्जा गरेर मत हालेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ ।  यस्तै गौरिशंकर गाउँपालिकाको सुरीमा वाम गठवन्धनका कार्यकर्ताले कांग्रेसका कार्यकर्ता लखेटेर मतदान केन्द्र कब्जामा लिएका छन् ।

सुरी वाम गठवन्धनका प्रतिनिधि सभा उम्मेदवार पार्वत गुरुङको आफ्नो मतदान केन्द्र हो । सोही गाउँपालिकाको जुँबुमा कांग्रेसका गाउँ सभापति ज्ञान बहादुर जिरेललाई कुटपिट गरेर मतदान स्थलबाट भगाएका छन् । त्यहाँ पनि प्रोक्सी मत हालिरहेको कांग्रेस जिल्ला सचिव सन्तोष रिमालले आरोप लगाए ।

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्