Logo
१५ चैत्र २०८०, बिहीबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुम्लाको रारा मतदान केन्द्रमा मतदान बहिस्कार

सरान्सु तामाङ्ग, हुम्ला : हुम्लामा आज भएको प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनमा हुम्ला चंखेली गाँऊपालिका ३ मा रहेको रारा आधारभुत विद्यालय मेखला मतदान केन्द्रमा मतदाताहरु नै उपस्थित नभएपछि अझैसम्म मतदान हुन सकेको छैन ।

स्थानीय तहको पुर्ण संरचनाको विषयलाई असन्तुष्टि देखाउदै मतदाताहरु मतदान गर्ने समेत नआएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बाँस्कोटाले जानकारी दिएका छन । गाँउलेहरुको स्थानीय तहको निर्वाचनमा पुनःसंरचनाको विषयलाई लिएर मतदान गर्ने नआएको प्रजिअ बाँस्कोटाले बताए ।

कुल जम्मा १ सय १९ मतदाता रहेको रारा आधारभुत मतदान केन्द्रमा मतदाताहरु उपस्थित नभएपनि मतदान नभएको हो । मतदान कार्य सुरु नहुदा निर्वाचन कार्यलयका कर्मचारी र सुरक्षा निकायका कर्मचारी घाम ताप्दै बस्ने गरेका छन् ।उनका अनुसार, जिल्लामा सुरक्षा संयन्त्र कडा बनाइएको र अन्य मतदान केन्द्रहरुमा शान्तिपूर्ण तबरले मतदान कार्य भइरहेको र नाम्खा गाँऊपालिका हल्जीमा मतदान कार्य समेत सम्पन्न भइसको बताए ।

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्