Logo
२९ मंसिर २०८१, शनिबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदान बारे गलत कुरा सिकाउने सिके राउतका कार्यकर्ता पक्राउ

अनुषा देव, सप्तरी : स्थानीय मतदातालाई बदर मतदान गर्न प्रचार गरिरहेको अवस्थामा सिके राउतका एक कार्यकर्तालाई प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । राजविराज–७ स्थित शिवमन्दिर परिसरमा मधेश गठबन्धनले आयोजना गरेको चुनावी सभामा उपस्थित जनसमुदायलाई (कोठली बाहर मतदान करु) मतपत्रको कोठा बाहिर मतदान गर भन्ने सिके राउतको पर्चा वितरण गर्दै गर्दा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ बस्ने ज्ञानेन्द्र खड्गा रहेका सप्तरीका प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिए । स्वच्छ एवम् शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्ने उद्देश्यका साथ सप्तरी जिल्लामा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

यही मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी सप्तरीमा करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पाण्डयेले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार सप्तरी जिल्लामा कुल २९५ मतदानस्थलमध्ये २०७ वटा मतदानस्थल अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ ।

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्