Logo
१२ श्रावण २०८१, शनिबार
(November 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेत्री रानी मुखर्जीको ज्याकेट चर्चा झन चर्किदै

मुम्बई (एजेन्सी) : हिजोआज बलिउड कलाकारहरू ‘फेसनेबल आउटफिट्स’ बाट आफ्नो ‘फ्यान’ को ध्यान तान्न थालेका छन्। यसमा सबैभन्दा बढी ‘एयरपोर्ट लुक्स’ निकै चर्चामा छ । बाहिर जाँदा वा बाहिरबाट आउँदा एयरपोर्टमा फोटोग्राफरहरूलाई पोज दिने कार्यलाई नै ‘एयरपोर्ट लुक्स’ नामाकंरण गरिएको छ ।

हालै मात्र अभिनेत्री रानी मुखर्जी पनि मुम्बईको एयरपोर्टमा देखा परिन् । यतिबेला उनले महंगो ज्याकेट पहिरिएकी थिइन्। जसको मुल्य सार्वजनिक भएपछि उनी चर्चाको विषय बन्न पुगेकी छिन् । एयरपोर्टमा रानीले कालो टिसर्टमा डेनिम पेन्ट र कालो रंगको बेलस्टाफ लेदरको ज्याकेट लगाएकी थिइन् । उनको ज्याकेटको दाम १४ सय ९५ पाउण्ड अर्थात दुई लाख ८ हजार रुपैयाँ बताइएको छ ।

रानीले २०१४ मा मर्दानी फिल्म गरेपछि विश्राममा छिन् । उनी आफ्नो छोरा आदिराको जन्मपछि फिल्ममा फर्किएकी छैनन् । उनी छिट्टै यशराज प्रोडक्सनको ‘हिचकी’ फिल्ममार्फत बलिउडमा फर्किने तयारीमा छिन् । आउँदो वर्षको फेब्रुअरी २३ मा फिल्म रिलिज हुने बताइएको छ ।

प्रकाशित मिति: Nov 25, 2017

प्रतिक्रिया दिनुहोस्