Logo
१२ श्रावण २०८१, शनिबार
(November 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपालाई सिट नआए हिन्दु एजेन्डा सधैको लागि हराएर जानेछ : थापा

काठमाडौँ : राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा राप्रपाको सम्मानजनक सिट नआए हिन्दु राष्ट्रको एजेन्डा सधैकोलागि हराएर जाने बताएका छन् । राप्रपा बाहिरको बहसमा हिन्दु राष्ट्रको एजेन्डा बिस्तारै हराउदै जानुमा पार्टी कार्यकर्तामा धर्मान्तरण भएको भन्दै चिन्ता ब्यक्त गरे ।

शनिवार काठमाडौमा धर्म सभा नामक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपालमा हिन्दु राष्ट्रको एजेन्डामा चौतर्फी आक्रमण हुन थालेकोले राप्रपाले प्रतिनिधि सभा तथा प्रदेश सभामा सम्मानजनक उपस्थिति आउनु पर्ने बताएका हुन् ।
२०७० को निर्वाचनमा रहेको हिन्दुराष्ट्र बनाउने एजेन्डा अहिले पार्टी भित्रको विचलनले र पार्टी फुटको असरले पनि नकारात्मक प्रभाब पारेको बताए ।

थापाले यस्तै अवस्था कायम रहे अबको ५ वर्ष भित्र हिन्दु राष्ट्रको कुरा गर्ने कोहि पनि नहुने तर्क गरे । कार्यक्रममा अध्यक्ष थापाले हिन्दु धर्मको रक्षा, प्रबर्धन तथा विज्ञ विद्वानहरु सबै आफ्नो पार्टीमा हुदा हुदै पनि नेपाललाई हिन्दु राष्ट्र बनाउने पार्टीको एजेन्डा हराउदै गएको रोष प्रकट गरे ।

प्रकाशित मिति: Nov 25, 2017

प्रतिक्रिया दिनुहोस्