Logo
१२ श्रावण २०८१, शनिबार
(November 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरी पुगेर महतोले भने- “मलेठ घटनाको बदला लिन निधिको विरूद्ध मेरो उम्मेद्वारी” 

राजविराज  : राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले आगामी प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा मधेस आन्दोलनमा शहिद भएकाहरुको सपनालाई साकार पार्न मधेसी दलको गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताएका छ्न ।

राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धनले शनिबार सप्तरीको राजविराजमा आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै नेता महताले ‘कांग्रेस, एमाले, माओवादीलाई भोट दिनु भनेको मधेश को अपमान हो’ भनी धारणा ब्यक्त गरे । उनीहरुलाई भोट दिएर शहीदको अपमान गर्न नहुने उनको भनाई छ ।

मधेशी गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गर्दै नेता महतोले सप्तरीको मलेठमा मधेशी जनतालाई गोली हानेर हत्या गर्न आदेश दिने तत्कालीन गृहमंत्री बिमलेन्द्र निधिसंग बदला लिन आफूले जनकपुरबाट चुनाव लडेको प्रष्ट पारे ।
मधेसी जनताको अधिकारका लागि शांतिपूर्ण आन्दोलन गर्नेहरुमाथि गोली हान्न आदेश दिने कांग्रेस, एमाले, माओवादीसंग बदला लिने समय आएको उल्लेख गरे ।

‘मधेश विरोधी संविधानमा हस्ताक्षर गर्ने कांग्रेस, एमाले र माओवादीमा मधेसवाट प्रतिनिधित्व गरी बसेका नेताहरुसंग बदला लिने बेला आएको छ’ महतोले भने -संविधान संशोधन सुनिश्चित गर्न, मधेश प्रदेशमा आफ्नो सरकार बनाउनका लागि मधेश गठबन्धनलाई जिताउन आवश्यक छ, त्यसका लागि मधेशी दलको गठबंधनको पक्षमा मत गर्नुपर्छ ।’

संयुक्त चुनावीसभालाई राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्दै दुई नम्बर प्रदेशमा मधेसी गठबन्धनको सरकार बनाएर मधेसी जनताको सबै अधिकार दिलाउने बताए ।  त्यसका लागि मधेसी गठबन्धनलाई भोट दिन उनिहरुले आग्रह गरेका छ्न । राजपा र फोरम नेपालको गठबन्धनले अर्को संयुक्त बृहत चुनावीसभा यही मंसीर १६ गते जनकपुरमा तय गरिएको छ ।

प्रकाशित मिति: Nov 25, 2017

प्रतिक्रिया दिनुहोस्