Logo
१२ श्रावण २०८१, शनिबार
(November 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वदेशी लगानीमै बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने निर्णय

काठमाडौं : सरकारले स्वदेशी लगानीमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन (इपिसी) मोडलमा उक्त आयोजना बनाउन लागेको हो ।

शुक्रबार उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले पत्रकार सम्मेलन गर्दै बुढीगण्डकी अब स्वदेशी लगानीमै बन्ने बताएका छन् । उनले भने, ‘इन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन मोडलमा निर्माण गर्न विद्युत प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।’ मन्त्री थापाले राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने बताए ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले चिनयाँ कम्पनीसँग भएको सम्झौता खारेज गरेको थियो । गेजुवासँगको सम्झौता खारेज भएपछि १२ सय मेगावाट क्षमताको बुढीगण्डकी बन्ने/नबन्ने वा यसको भविष्य के हुने भन्ने चासो बढेको थियो ।

 

प्रकाशित मिति: Nov 24, 2017

प्रतिक्रिया दिनुहोस्