Logo
११ श्रावण २०८१, शुक्रबार
(November 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इएसआरको बन्नो ब्रान्डको चामल नेपाली बजारमा

भारतको प्रसिद्ध चामल बन्नो अब नेपालमा पनि पाइने भएको छ । इएसआर इम्पेक्सले भारतबाट उच्चकोटीको बासमती चामल नेपाल भित्र्याएको हो । भारतबाट तेस्रो मुलुकमा निर्यात हुँदै आएको बन्नो बासमती चामल पहिलोपटक नेपाली बजारमा आएको हो ।

युरोपेली मुलुकमा उत्कृष्ट बजार लिएको बन्नो ब्रान्डको विभिन्न गुणस्तरका चामलहरु नेपाल भित्र्याएको जनाएको छ । ‘नेपालमा गुणस्तरीय र सस्तो चामल भित्र्याएको हामीले नै हो, यो दरमा यसभन्दा राम्रो नेपाली बजारमा सम्भवतः पाइँदैन, नेपालमै बसेर पनि युरोपेली गुणस्तरीयको चामल अब पाइने भएको छ,’ इएसआरका श्याम पाण्डेले बताए ।

उनले नेपाली उपभोक्ताहरु स्वाद फेर्न चाहने भएकाले नेपाली भान्सामा नयाँ चामल भित्र्याएको बताए । उपभोक्ताले यो चामल प्रयोग गरिसकेपछि यसैलाई कन्ट्युनिटी दिइरहने दाबी समेत पाण्डेले गरे । उनले भने, ‘यदि पहिलोपटक कसैले यो चामल प्रयोग गर्छ भने, उसले निश्चय पनि यसैलाई कन्ट्युनिटि दिने विश्वास लिएको छु ।’

उनले उपभोक्तालाई पहिलो एक पटकका लागि प्रयोगका रुपमा लिएर अर्कोपटकदेखि आफूलाई मिठो लागेमा मात्र कन्ट्युनिटी दिन पनि नेपाली गृहिणीहरुमा आग्रह गरे ।

इएसआरले हाल नेपालमा बन्नो ब्रान्डका विभिन्न गुणस्तरका चामलहरु नेपाल भित्र्याएको उनले जनाए । यस चामल प्रयोग गर्नेको भान्सामा दिनदिनै बन्ने पनि उनले दाबी गरे । हाल नेपालमा २० केजी, १० केजी, ५ केजीको प्याकेटमा उपलब्ध भएको बिरयानी र पुलाउ उनले जनाए ।

प्रकाशित मिति: Nov 24, 2017

प्रतिक्रिया दिनुहोस्