Logo
१२ श्रावण २०८१, शनिबार
(November 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामिले नेपाल बन्द भनेका छैनौँ, कहाँबाट हल्ला चल्यो थाह छैन : विप्लव माओादी

काठमाडौं : हल्लैहल्लामा भनिएको नेपाल बन्दको कुनै असर देखिएको छैन । काठमाडौं उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले बताएको छ । उपत्यका भित्रने र बाहिरिने गाडी भने हिजोअस्तिको भन्दा कम चलेको मुख्य नाका नागढुंगाले जनाएको छ ।

त्यहाँबाट बिहान एक दुई बजेतिर नै धेरै गाडी काठमाडौं छिरिसकेका र अहिले ५०–६० वटा गाडी नागढुंगामा रहेका ट्राफिक प्रहरीले जनाएका छन् ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार नेपाल बन्द आह्वान नगरेको जनाएको छ । शुक्रबार बन्द भन्दै चर्चा भएपछि विप्लव समूहले नेपाल बन्द नरहेको प्रष्ट पारेको हो ।

प्रहरीले धमाधम आफ्ना नेता कार्यकर्ता पक्राउ गर्न थालेपछि भूमिगत भएका एक नेताले भने ‘हामीले बन्द आह्वान गरेका छैनौं । हल्ला कहाँबाट आयो थाहा छैन ।’

प्रकाशित मिति: Nov 24, 2017

प्रतिक्रिया दिनुहोस्