Logo
१२ श्रावण २०८१, शनिबार
(November 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् ३ वर्षको उत्कृष्ट अवार्ड पाउने नेपाली चलचित्र

काठमाडौ: राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र समीक्षक समाजले तीन वर्षको क्रिटिक्स अवार्ड वितरण गरेको छ । शिल्पी थिएटरमा आयोजना गरिएको अवार्ड समारोहमा २०७१, ०७२ र ०७३ सालको उत्कृष्ट फिल्मको पुरस्कार प्रदान गरिएको हो । ‘कबड्डी’, ‘पशुपतिप्रसाद’ र ‘कालो पोथी’लाई उत्कृष्ट चलचित्रको पुरस्कार दिइयो ।

निर्देशक निश्चल बस्नेत, दीपेन्द्र के खनाल, अभिनेता सौगात मल्ल, विपिन कार्की लगायतले पुरस्कार थापे । नायिका प्रियंका कार्की, केकी अधिकारी र रिश्मा गुरुङले पनि क्रिटिक्स अवार्ड लिए । २०७३ सालको सर्वोत्कृष्ट निर्देशक दीपक रौनियार (सेतो सूर्य), सर्वोत्कृष्ट पटकथा मीन भाम र अविनाशविक्रम शाह (कालो पोथी), सर्वोत्कृष्ट सम्पादन डेभिड बार्कर (सेतो सूर्य), सर्वोत्कृष्ट छायांकन अजिज जाम्भाकिभ (कालोपोथी), सर्वोत्कृष्ट अभिनेता विपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुंगा) तथा सर्वोत्कृष्ट अभिनेत्री केकी अधिकारी (लभ सासा) बने ।

यसैगरी २०७२ सालको सर्वोत्कृष्ट निर्देशक दीपेन्द्र के खनाल (पशुपतिप्रसाद), सर्वोत्कृष्ट पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), सर्वोत्कृष्ट छायांकन शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी), सर्वोत्कृष्ट सम्पादन सुरेन्द्र पौडेल (क्लासिक), सर्वोत्कृष्ट अभिनेता सौगात मल्ल (फन्को) र सर्वोत्कृष्ट अभिनेत्री रिस्मा गुरुङ (कबड्डी कबड्डी)ले अवार्ड लिए ।

२०७१ सालको उत्कृष्ट निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायांकन ओन्ड्रा बेलिका (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (ताण्डव) र पाश्र्व संगीतको पुरस्कार जेसन कुँवर (टलकजंग भर्सेज टुल्के) ले लिए ।

प्रकाशित मिति: Nov 23, 2017

प्रतिक्रिया दिनुहोस्