Logo
११ श्रावण २०८१, शुक्रबार
(November 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश आन्दोलनका शहीदलाई ५० लाख दिने राजपाको घोषणा

जलेश्वर : राष्ट्रिय जनता पार्टी नेपालद्वारा मधेश आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने घोषणा गरेको छ । महोत्तरीको जलेश्वरमा पार्टीको घोषणा पत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनक सम्पूर्ण शहिदलाई प्रति परिवार ५०-५० लाख दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा राजपा-फोरम गठबन्धनको सरकार बन्ने दाबि गर्दै मधेश प्रदेशको सरकारद्वारा शहिद परिवारलाई ५०-५० लाख दिने जानकारी दिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको आह्वान गरे संगै आन्दोलनमा शहादत दिने लाई ५०-५० लाख रुपैया दिने विवादास्पद निर्णय गर्दा निकै आलोचना भएको थियो ।

राजपाको घोषणा पत्रमा ५० लाख दिने कुरा उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने जानकारी दिए ।  पत्रकार सम्मेलनमा बोल्दै राजपा नेता महतोले शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, शहिद परिवारक बच्चाहरुको निशुल्क अध्ययनको व्यवस्था गरिने, शहिद परिवारलाई स्वरोजगारको लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराइने बताए ।

‘मधेश आन्दोलनमा शहादत दिएका कारणनै देशमा संघियता आएको र आफ्नै प्रदेशमा आफ्नै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भने, शहिदको सम्मानमा कुनै आंच आउन नदिने र शहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेश सरकार माथि हुने छ ।

प्रकाशित मिति: Nov 23, 2017

प्रतिक्रिया दिनुहोस्