Logo
१२ श्रावण २०८१, शनिबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड पुत्र स्व. दाहालको सम्झनामा देशैभर श्रद्धाञ्जलि सभा

काठमाडाैं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-पुत्र वियोगको भारी मन लिएर गृह जिल्ला चितवनमा पुगेका छन् ।  अध्यक्ष प्रचण्डका सुपुत्र तथा माअाेवादी पार्टीका युवा नेता प्रकाश दाहालको असामयिक निधनप्रति सिंगो पार्टी तथा वाम गठबन्धनकातर्फबाट गहिरो दुःख व्यक्त गरिएको छ । देशै भरी आज लागि पूर्व निर्धारित वाम गठबन्धनका सबै चुनावी सभामा स्व. प्रकाश दाहालको असामहिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।

श्रद्धाञ्जलि सभामा उम्मेदवार तथा पार्टीका नेताहरुले स्व. दाहालको तस्वीरमा माल्यापर्ण गर्दै उनले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै देशले इमान्दार र मेहनेती युवा नेता गुमाएको धारणा व्यक्त गरे । यस्तै कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरका श्रीमान, पार्टी अध्यक्ष प्रचण्डका सुपुत्र तथा पार्टीका केन्द्रीय सदस्य स्व. दाहालको असामयिक निधनले कञ्चनपुर शोकमा डुबेको छ ।

शोकमा डुबेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्र अर्थात् स्व. दाहालको ससुराली गाउँ पुनर्वासमा आज बिहान श्रद्धाञ्जलि सभा आयोजना गरियो । पु्नर्वासको सहिद गेटमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्ने अधिकांश वक्ताले प्रकाश दाहालको कञ्चनपुरसँग विशेष सम्बन्ध रहेकाले कञ्चनपुर बढी शोकमा डुबेको बताए ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार बिना मगरका श्रीमान प्रकाशको निधनले सम्पूर्ण निर्वाचन क्षेत्र नै शोकमा डुबेको निर्वाचन परिचालन समितिका संयोजक तथा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला संयोजक वीरबहादुर थापाले बताए ।

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्