Logo
२३ बैशाख २०८१, आईतबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार, पत्रकार महासंघले जनायाे आपत्ति

काठमाडौं : प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको छ । गर्जन पाेष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य समेत हुन् ।

रुपन्देहीमा संयुक्त वाम गठबन्धले पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेनकाे रिपाेर्टिङका लागि पुगेका पत्रकार डुम्रेलार्इ प्रहरीले पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेकाे हाे । प्रेस स्वतन्त्रताको धज्जी उडाउदै पत्रकारमाथि धरपकड गरेर गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघ,रुपन्देही साखाले आपत्ति जनाएको छ ।
महासंघले डुम्रेको तत्काल रिहाइको माग समेत गरेको छ ।

यता क्रान्तिकारी पत्रकार संगठन नेपालले आफ्ना लुम्बिनी ब्युरो संयोजक पत्रकार डुम्रेलाई गिरफ्तार गरेको भन्दै घोर भत्सर्ना गरेकाे छ । संगठनका अध्यक्ष प्रभात चलाउनेले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भएको बताएका छन । पत्रकार डुम्रे क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक समेत हुन् । प्रहरीले डुम्रेसहित देशभरबाट ८ जना पत्रकारहरुलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्