Logo
१२ श्रावण २०८१, शनिबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गरिबी निवारण राज्यमन्त्री खड्काको बागलुङस्थित घरमा विस्फोट

बागलुङ : मगलवार बिहान एक उम्मेदवारलक्षित गरि बागलुङमा बम विष्फोट भएको छ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट गरिएको हो । प्राप्त समाचारअनुसार गएराति ११ बजे विस्फोटको घटना घटाइए पनि कुनै मानवीय क्षति भने भएको छैन ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । बम विस्फोटनबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ भने विस्फोटनलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेर राखेको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ। विस्फोटन गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने दाबी पनि प्रहरीले गरेको छ ।

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्