Logo
१२ श्रावण २०८१, शनिबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमाथी गंभीर खेलवाड : हुलासले उत्पादन गरेकाे पानीकाे बाेतल भित्र भेटीयाे किरा 

बिराटनगर : माेरङकाे बिराटनगरस्थित हुलास प्यूरीफाइड वाटर इन्डस्ट्रीजले उत्पादन गरेको पिउने पानी अन्तरगत शिल्ड प्याक गरीएकाे बाेतलभित्र मरेकाे किरा फेला परेकाे छ । शिल प्याक गरी बजारमा बिक्रीकालागि पठाइएकाे खानेपानीकाे बाेतलमा किरा तैरीएकाे अवस्थामा फेला परेकाे हाे ।

एउटा बाेतलकाे पानी ६ महिना सम्म राखेर पिउन सकिने भएपनि उक्त कम्पनिले उत्पादन गरेकाे पानिकाे बाेलमा उत्पादन मिति समेत उल्लेख नगर्दा साेझै जनस्वास्थ्यमाथी नै खेलवाड गरेकाे प्रस्ट देखिन्छ । यस बिषयमा उद्याेगका अघिकृत सञ्जय अग्रवालसंग सम्पर्क गर्दा अाफुहरूकाे बदनाम गराउने उद्येश्य अनुरूप अन्य पानी कम्पनीहरूले याे साजिस रचेकाे अाराेप लगाए ।

उपभोक्ता संरक्षण एने २०५४ ले खाद्य वस्तुमा मानिसको जीउ ज्यान जान सक्ने पदार्थ मिसिएको फेला परे ५ लाख जरिवाना र ५ बर्ष कैदको व्यबस्था गरेको छ । तर हुलासले उत्पादन गरेकाे खानेपानीकाे शिलप्याक बाेतलभित्र किरा तैरीएकाे भेटीएपनि सम्बन्धित निकायहरू कार्वाही गर्ने पक्षमा देखिदैनन ।

यता उत्पादन मिति समेत उल्लेख नगरी बजारमा पानी बिक्री गर्न पठाउनुनै उद्याेगकाे गलती रहेकाे र त्यसमापनि शिल प्याक बाेतलमा किरा भेटीने उपभाेक्ताहरूकाे स्वास्थ्यमा प्रत्यक्ष र गम्भिर खेलवाड पूर्याएकाे उपभोत्ता अधिकारको क्षेत्रमा सक्रिय रहदै अाउनुभएका उत्तम ढुङ्गेलले बताउनुभयाे । तस्विरः एसके अनलार्इन

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्