Logo
१२ श्रावण २०८१, शनिबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरबाट चेक गर्न काठमाडौं आएका कांग्रेस नेता निधि अस्पताल भर्ना

काठमाडौं : नियमित स्वास्थ्य परिक्षणका लागि गएका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधि ओम अस्पताल भर्ना भएका छन् । सोमबार जनकपुरबाट फलोअप चेक गर्न काठमाडौं आएका निधि डाक्टरको सल्लाह बोमोजिम भर्ना भएर अस्पतालमै बस्न लागेको उनका प्रेस सहयाेगी रामजी दाहालले बताए ।

जनकपुरबाट काठमाडौं आएका निधि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेर उनका स्वार्गिय छोरा प्रकाश दाहाललार्इ श्रद्धाञ्ली दिएपछि अपराह्न साढे ४ बजे ओम अस्पताल पुगेका थिए । ‘निधिको घाँटी र छातीमा पहिलेदेखि नै समस्या छ, त्यसैको फलोअप जाँच गर्न काठमाडौं आउनुभएको थियो’, दाहालले भने, ‘रिपोर्ट ढिलो आउने भएकाले डाक्टरको सल्लाहमा आज अस्पतालमा नै बस्ने हुनुभएको छ ।’

कांग्रेस नेता निधि धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार हुन् । चुनाव अभियानको क्रममा उनी केही समयदेखि जनकपुरमा बस्दै आएका छन् । चुनावी अभियानको क्रममा धुलोधुवाँका कारण केही असहज पनि भइरहेकाले थप जाँच गर्न काठमाडौं आएको दाहालले जनाए । अस्पताल स्रोतका अनुसार सास फेर्न अलि गाह्रो भएपछि निधिलाई भर्ना गरिएको हो ।

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्