Logo
१२ श्रावण २०८१, शनिबार
(November 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकमात्र आफ्ना छोराको अन्तिम बिदाई गरिरदा आँशु थाम्न सकेनन् प्रचण्ड

काठमाडौं : भनिन्छ मृत्यु सबैको निश्चित छ, सबै जना एक न एक दिन यो संसारलाई त्यागने नै हो तर अल्पआयु /असमाहिक निधन हुदा पक्कै पनि निकै कस्टकर हुन्छ । लामो समय शसस्त्र यूद्ध गरेर शान्तिपुर्ण र औपचारिक राजनीतिमा आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनै छोरालाई गुमाउदा सिंगो मूलुकमा २ खालको प्रतिकृया आएको छ । एउटा अल्प आयुमै प्रकाशको मृत्युले प्रचण्ड परिवारमाथी दुखदायी कष्ट थपिएको छ र अर्को भने ……जुन यहाँ उल्लेख गर्न सकिन्न ।

चारवर्षअघि मात्रै पूत्री वियोगमा पर्नुभएका माओवादीका अध्यक्ष प्रचण्डलाई फेरि अर्को बज्रपात थपिएको छ । प्रचण्डले चार वर्षको फरकमा आफ्नी जेठी छोरी र एकमात्र छोरा प्रकाशलाई पनि गुमाएकाछन् । प्रतिनिधिसभाको चुनावी प्रचारका लागि झापामा रहनुभएका प्रचण्ड छोराको असमायिक निधनको खबर पाएपछि काठमाडौं आए । हेलिकोप्टरमार्फत काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर मात्र नर्भिक अस्पतालमा पुगेका थिए ।

छोराको निधनपछि पत्नी सीता दाहाललाई सम्हाल्न उनी विमानस्थलबाट सिधै लाजिम्पाट जानुभएको थियो । त्यसपछि  नर्भिक अस्पताल, थापाथली आए । अस्पतालमा छोराको पार्थिव शरीर देखेर उनी भावविह्वल हुनुभएको थियो ।
सँधै चम्किलो अनुहार लिएर विभिन्न कार्यक्रममा प्रस्तुत हुने प्रचण्डको अनुहार आइतबार भने सबैलाई रुवाउने खालको थियो । छोराको पार्थिव शरीरमा श्रद्धाञ्जली दिँदा उनीले आफूलाई सम्हाल्ने प्रयास त गरे तर छोरा गुमाउँदा राजनीतिक जीवनमा कठोर संघर्ष झेलेर आएका प्रचण्डले पनि आँसु रोक्न सकेनन् ।

प्रचण्ड अस्पताल पुग्नुभन्दा पहिला नै प्रकाशकी जेठी श्रीमती सिर्जना अस्पताल पुगेकी थिइन । छोरासहित अस्पताल पुगेकी उनी आफ्ना श्रीमानको पार्थिव शरीरलाई देख्नासाथ बेहोस हुनुभयो । लगत्तै अस्पतालमा पुगेकी कान्छी श्रीमती बिना निकै भावविह्वल मुद्रामा देखिन्थे ।

एकपछि अर्को पीडामा रहनुभएका प्रचण्डलाई प्रकाशको अभाव सदा रहनेछ । लामो समयदेखि नेपालको राजनैतिक परिवर्तनमा विशेष भूमिका निर्वाह गरेका प्रचण्डलाई पीडाबाट बाहिर आउने शक्ति मिलोस् । प्रकाशको आत्मालाई शान्ति प्राप्त होस् र दाहाल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस ।

प्रकाशित मिति: Nov 19, 2017

प्रतिक्रिया दिनुहोस्