Logo
१२ श्रावण २०८१, शनिबार
(November 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शरतसिंह भण्डारीको भाषण : “मधेशी जनता यो देशको रैती होइन”

महोत्तरी : राजपाका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले अब मधेशी जनता कुनै पनि किसिमको विभेद सहन नगर्ने बताएका छन् । आफ्नो चुनावी घर दैलो कार्यक्रमलाई तिब्र बनाएका नेता भण्डारीले मधेशी जनता निकै सचेत र जागरुक भै सकेको जिकिर गर्दै अब मधेशी जनता राज्यको कुनै पनि विभेदलाई प्रतिकार गर्न पूर्ण सक्षम रहेको बताउनु भएको हो ।

महोत्तरी निर्वाचन क्षेत्र नं.२ को प्रत्यक्ष प्रतिनिधी सभाका उम्मेदवार समेत रहेका उनले भने – “यो विश्वव्यापी मान्यता हो, विभेदले विद्रोह निम्त्याउँछ, विद्रोहले विखण्डनको विजारोपण गर्छ । विश्वमा यस्ता धेरै देश छन, जहाँ अधिकार माग्दा नदिएर गोलि बर्साउदा विखण्डन भएको छ । हामी चाहन्छौ, यो देश विखण्डन नहोस”

तर राज्य सन्चालकहरुले अटेर गरे यसको परिणाम भयावह हुने चेतावनी दिए । उनले भने, -‘अहिले सम्म स्वाभिमानी मधेशी जनता राज्यको दमन, शोषण र विभेद विरुद्ध संयमता पूर्वक केवल बरावरीको अधिकारको लागि बाटो पर्खेर बसी रहेका छन् । कुनै पनि कुरा अति भए पछि खति हुन्छ ।”

राज्यले आफ्नो रवैयामा सुधार नगरे मधेशी जनताले राज्य सँग आफ्नो सम्बन्ध तोड्ने आफैले घोषणा गर्ने चेतावनी समेत दिए ।

मधेशी जनता यो देशको रैती होइन, हामीले सम्मान, स्वाभिमान र सहभागिता खोजेको मात्र हो । त्यसैले बढी भन्दा बढी मधेशी दलका साँसद जितेर संसदबाट संविधान संशोधन गराएर मात्र आफ्नो अधिकार स्थापित हुने भएको हुँदा निर्वाचनमा मधेशी दलका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताए ।

प्रकाशित मिति: Nov 18, 2017

प्रतिक्रिया दिनुहोस्