Logo
१२ श्रावण २०८१, शनिबार
(November 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस-जीपलाई लक्षित गरी ओखलढुङ्गामा पनि बम विस्फोट

ओखलढुङ्गा : वाम गठबन्धन र नेपाली काङ्ग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी शनिवार बिहान ओखलढुङ्गामा बम विस्फोट भएको छ । केहि दिनयता देशका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रुपमा उम्मेदवार र चुनावी सभालाई लक्षित गर्दै बम बिस्फोटका घटना हुन थालेपछि सुरक्षा ब्यबस्थाप्रति प्रश्न उठ्न थालेका छन् ।

सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिएकी छिन् । विस्फोटबाट मानवीय क्षति नभएको र सवारी साधनमा सामान्य क्षति भएको बताइएको छ । घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिइन् ।

वाम गठबन्धनको चुनावीसभामा नेकपा ९एमाले०का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । काङ्ग्रेसको चुनावीसभामा भने काङ्ग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभाका लागि विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो । रासस

प्रकाशित मिति: Nov 18, 2017

प्रतिक्रिया दिनुहोस्