Logo
११ श्रावण २०८१, शुक्रबार
(November 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिसूचकमा उतारचढावबीच ओरालो लाग्यो शेयर बजार

काठमाडौं : गत साता नेप्से परिसूचकमा उतारचढाव देखियो । गत साताको पहिलो तीन दिन खरीद चाप बढेपनि पछिल्लो दुई दिन भने लगानीकर्ता प्रोफिट बुकिङ्ग तर्फ लागेका थिए । दुई सातासम्म बजार घटेपनि बढेर मङ्गलवार १ हजार ५ सय २१ विन्दुमा पुगेको बजार सो विन्दुमा टिक्न नसकि बुधवार र बिहीवार ओरालो लागेको थियो । अघिल्लो साताको अन्तिम दिनको तुलनामा गत आवको अन्तिम दिन कारोबार रकममा रू.१ करोड ७६ लाख घटेको थियो भने कुल बजार पूँजीकरणमा रू. ३२ अर्ब ९१ करोडको कमी देखिएको थियो ।

साताको परिसूचक हेर्दा बजार आगामी दिनमा बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार ५ सय २२ रहेको छ भने दोस्रो विन्दु १ हजार ५ सय ५४ रहेको छ । त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार ४ सय ५७ र दोस्रो टेवा १ हजार ४ सय २४ मा पाउने देखिन्छ । साताको मैनबत्ति चित्र हेर्दा अन्तिम दिनको कालो मारुबोजू आकृति बनाएको छ । सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ४१ दशमलव २७ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ ।

गत साता नेप्से परिसूचक २८ दशमलव ३३ अङ्क बढेको थियो । अघिल्लो साताको अन्तिम दिन १ हजार ४ सय ६० दशमलव ७३ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन बढेर १ हजार ४ सय ८९ दशमलव शून्य ६ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक ११ दशमलव ९२ अङ्कले बढेको हो । गत साता बैङ्किङ, जलविद्युत, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूह बाहेक बाँकी समूहहरुको परिसूचक घटेको थियो ।

उत्पादन तथा प्रशोधन समूहका परिसूचक ७० दशमलव ९१, जलविद्युतको ६० दशमलव ४५, ‘अन्य’ समूहको २६ दशमलव ६ र बैङ्किङको ८ दशमलव ७८ अङ्कले बढेको छ । त्यस्तै, बीमा समूहको परिसूचक ४५ दशमलव ५३, होटलको ३८ दशमलव ३२, विकास बैङ्कको १६ दशमलव २७, व्यापारको ४ दशमलव शून्य ५ र वित्त कम्पनीको १ दशमलव ९३ अङ्कले घटेको हो ।
गत साता २९ हजार ३ सय ३० कारोबारबाट १ सय ८० कम्पनीहरुको ६८ लाख २७ हजार ६ सय ८० कित्ता शेयरहरु खरीद बिक्री भए । जसबाट रू.२ अर्ब ९२ करोड ५ लाख १५ हजार बराबरको रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा १५ दशमलव ६ प्रतिशत बढी हो । अघिल्लो साता १ सय ७९ कम्पनीहरुको २९ हजार १३ कारोबारबाट ६० लाख ५९ हजार ६ सय ४० कित्ता शेयर खरीद विक्री भएका थिए । जसवाट रू. २ अर्ब ५२ करोड ६४ लाख ९० हजार बराबरको कारोबार भएको थियो ।

सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन २ दशमलव ५८ अङ्कले बढेर ३ सय १३ दशमलव १२ अङ्क पुगेको छ । त्यसैगरी, फ्लोट इण्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन शून्य दशमलव ७६ अङ्कले बढेर १ सय ६ दशमलव ९ अङ्कमा पुगेको हो ।

सो साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहको छ । यस जलविद्युत कम्पनीले गत साता रू. १६ करोड १९ लाख ९० हजार बराबरको शेयर कारोबार गरेको थियो । कारोबार सङ्ख्याको आधारमा नेपाल ग्रामिण विकास बैङ्क लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको १ हजार ६ सय ९ ओटा कारोबार भएको थियो । त्यसैगरी, कारोबार भएको शेयर सङ्ख्याका आधार प्रभु बैङ्कको संस्थापक शेयर अग्रस्थानमा रहेको छ । यस संस्थापक शेयरको ६ लाख ९८ हजार कित्ता शेयर खरिद विक्री भएको थियो ।

प्रकाशित मिति: Nov 18, 2017

प्रतिक्रिया दिनुहोस्