Logo
१२ श्रावण २०८१, शनिबार
(November 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संजय ‘टक्ला’ सँग ५० लाख धरौटी माग, तर रिहा हुन नपाउने

काठमाडौं : विशेष अदालतले पूर्वराज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ सँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । उनी विरुद्ध रहेको धेरै मुद्दाहर मध्ये एक अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा अदालतले धरौटी माग गरेको प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

३१ करोड ५० लाख ३६ हजारको स्रोत नखुलेको सम्पत्ति भेटिएको भन्दै अख्तियारले साहविरुद्ध २५ पुसमा सोही बराबरको बिगो र जरीवाना माग गर्दै मुद्दा दायर गरेको थियो ।

‘अख्तियारले दायर गरेको अभियोगमाथि अदालतले वयान लिई थुनछेक आदेशका क्रममा ५० लाख रुपैया धरौटी माग गरेको हो’ अदालतका प्रवक्ता पोखरेलले भने, ‘उक्त धरौटी रकम बुझाउन नसकेपछि थुनामा पठाइएको हो ।’ उनले भने – ‘अब शाहका थप साक्षी प्रमाण हेरेर अन्तिम फैसला दिनेछ ।’

पूर्व सांसद समेत रहेका साह जनकपुर बम काण्डमा संलग्न भएको अभियोगमा जेलमा छन् । तर उनी विरुद्ध अन्य मुद्दा समेत रहेको र २ ओटा मुद्दामा उनी यसअघि नै पुरपक्षका लागि थुनामा रहेका कारण यो धरौटी रकम बुझएपनि उनी रिहा भने हुन नसक्ने एक जना कानून ब्यवसायीले बताए ।

प्रकाशित मिति: Nov 16, 2017

प्रतिक्रिया दिनुहोस्