Logo
१२ श्रावण २०८१, शनिबार
(November 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अल्मपतले वहुमतमाथि शासन गर्ने परम्पराको अन्तका लागि वामएकता

वामगठवन्धनको तर्फबाट पश्चिम रुकुमको प्रतिनिधिसभाका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अल्मपतले वहुमतमाथि शासन गर्ने परम्पराको अन्तका लागि वामएकता पहल गरेको बताएका छन् ।  रुकुमको वाँफीकोटमा आज भएको चुनावी सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य समेत रहेका उम्मेद्धार प्रभाकरले वामपन्थी एकताको उद्धेश्य राजनीतीक स्थायित्व र आर्थिक समृद्धि सहितको समाजवाद भएको बताए ।

नेपालमा दुईतिहाई जनमत कम्युनिष्टको पक्षमा हुदाहुदै पनि शासन सत्ता अल्पमतले संचालन गर्ने विडम्वनाको अन्त वामपन्थी एकताले गर्ने उनले बताए ।  वामएकता पहल गर्दा गृहमन्त्रालय खोसिएको चर्चा गर्दै आफनो लागि मन्त्री पद भन्दा ठुलो वामएकता भएको उनको भनाई छ ।

नेता प्रभाकरले वामएकता मार्फत समाजवादी क्रान्तिको दिशामा मुलुक अगाडि वढेका कारण आफु लगायत देशैभर वामगठवन्धनका उम्मेद्धार निशानामा परेको बताए । उनले वामगठवन्धनका उम्मेद्धारका विरुद्ध गरिएका वमप्रहार समाजवादी आन्दोलन रोक्ने दुश्प्रयास मात्रै भएको बताए ।

जनताको आर्थिक जिवनमा परिवर्तन नल्याई भौतिक पुर्वाधारको विकासले मात्र समृद्धिको सपना पुरा नहुने वताउदै नेता प्रभाकरले अव आफु जनताको आर्थिक जीवन परिवर्तनको योजना कार्यान्वयनमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । कृषिको व्यवसायीकीकरण, पर्यटनको विकास, विद्युतीकरण मार्फत जनताको आर्थिक समृद्धि हाँशील गर्नेमा अवको सरकारको प्राथमिकता हुने उहाको भनाई छ ।

प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले आफु जनतासंग भोट माग्न नभई आगामी ५ वर्षमा रुकुम जिल्लाको विकास र समृद्धिको योजना कार्यान्वयनको प्रतिवद्धता गर्न आएको वताउनुभएको छ । जनताको मागका कारण आफुले उम्मेद्धारी दिएको चर्चा गर्दै उनले निर्वाचन जित्नका लागि आफुले भोट माग्नु नपर्ने बताए ।

प्रकाशित मिति: Nov 16, 2017

प्रतिक्रिया दिनुहोस्