Logo
१६ बैशाख २०८१, आईतबार
(November 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ वटा क्यामेरा एकैसाथ चलाउन मिल्ने हुवावेको मोवाइल बजारमा

काठमाडौं: हुवावेको नयाँ मोडेलको स्मार्ट फोन (नोभा टु आई) स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि हुवावेको आधारिक विक्रेता कल मोवालिटी प्रालिले यो मोबाइल भित्र्याएको हो । धेरै समय ब्याट्री टिकाउन सकिने, ह्‍याङ नहुनुका साथै फोटो तथा भिडियो गुणस्तर यो मोबाइलमा राम्रो आउने कम्पनीको दाबी रहेको छ ।

अगाडि र पछाडि गरी चारवटा क्यामेरा रहेको यो मोबाइलको नेपाली बजारमा मूल्य ३३ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो स्मार्ट फोनको मंगलबारबाट नै नेपाली बजारमा विक्री सुरु गरिएको कल मोबिलिटीले जानकारी गराएको छ ।  यो मूल्य नेपालीको लागि सुहाउँदो भएको कम्पनीको भनाइ छ । नोभा टु आईमा चारवटा क्यामेरा एकैपटक चलाउन सकिने, १६ एमपीको आरजिबी सेन्सर,फिंगर प्रिन्ट सेस्सरजस्ता सुविधा रहेको छ ।

 

प्रकाशित मिति: Nov 15, 2017

प्रतिक्रिया दिनुहोस्