Logo
१२ श्रावण २०८१, शनिबार
(November 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणकाजीलाई जिताउन बाबुरामलाई हराउन उपेन्द्र गोरखामा

गोरखा : नयाँशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग गोरखा–२ मा प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भट्टराई शैक्षिक प्रतिस्पर्धी डा उपेन्द्र देवकोटाकोे साथ पाएका छन् ।

गोरखा–२ मा उमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भएका सभाहरुमा डा देवकोटाले पनि श्रेष्ठका पक्षमा मत मागेका छन् ।

डा देवकोटा बुधबार विहान ओलीसँगै गोरखा पुगेका हुन् । गोरखा–२ को भच्चेकमा एमाले–माओवादी केन्द्रको चुनावी सभामा पुगेका ओली र प्रचण्डसँगै डा देवकोटा मञ्चमा देखिएका छन् ।

डा. भट्टराई र डा देवकोटा दुवैले २०२६ मा सँगै एसएलसी दिएका थिए । नतिजामा भट्टराई ‘बोर्डफष्ट’ भए भने देवकोटा बोर्डमा पाँचौं नम्बरमा परेका थिए ।

डा. भट्टराई इन्जिनियरिङ र राजनीतिमा चर्चित भए भने देवकोटा चिकित्सा क्षेत्रमा सकृय छन् । गोरखाको सामाजिक–राजनीतिक क्षेत्रमा डा भट्टराईको जत्तिकै पकड डा.देवकोटाको पनि रहेको मानिन्छ ।

डा. देवकोटाको साथ पाएपछि भट्टराईसँगको कठिन प्रतिस्पर्धामा श्रेष्ठलाई केही राहत पुगेको माओवादीका कार्यकर्ताहरू बताउँछन् ।

प्रकाशित मिति: Nov 15, 2017

प्रतिक्रिया दिनुहोस्