Logo
१२ श्रावण २०८१, शनिबार
(November 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनमा आफूलाई सहयोग गर्न ढुङ्गानाद्वारा नेमकिपालाई आग्रह

भक्तपुर : नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार दमननाथ ढुङ्गानाले नेपाल मजदुर किसान पार्टीलाई मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सके आफ्ना पार्टीका उम्मेदवारीलाई जिताउनु, नसके राम्रो उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

नेमकिपालाई नीतिगत रुपमा तटस्थ बसे पनि उम्मेदवारीको रुपमा तटस्थ नबस्न समेत उहाँले नेमकिपालाई आग्रह गर्नुभयो । सञ्चार माध्यमबाट नै नेमकिपालाई राम्रा उम्मेदवारलाई सहयोग गर्न ढुङ्गानाले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई आग्रह गर्नुभयो । निर्वाचन खर्च दैनिक महङ्गो हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसकिने अवस्थामा पुगेको बताउनुभयो ।

नेपाली काँग्रेस भक्तपुर १ नं. निर्वाचन क्षेत्रका उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगर र चाँगुलाई साँस्कृतिक क्षेत्र र नगरकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफ्नो उम्मेदवार भएको दाबी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा क का उम्मेदवार जीवन खत्री, ख का उम्मेदवार अनिल भुजु, निर्वाचन क्षेत्र नं. २ ख का उम्मेदवार गणेशमान चक्रधरले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसले निर्वाचन जित्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: Nov 15, 2017

प्रतिक्रिया दिनुहोस्