Logo
११ श्रावण २०८१, शुक्रबार
(November 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सञ्जालमार्फत ‘फुर्के’ को फष्टलुक सार्वजनिक

काठमाडौं : निर्देशक भद्र भुजेलको फिल्म ‘फुर्के’ को फष्टलुक सार्वजनिक भएको छ । फिल्मका प्रस्तुतकर्ता एम.बी राउतले सामाजिक सञ्जालमार्फत फष्टलुक सार्वजनिक गरेका हुन् । फष्टलुकमा फिल्मका तीन कलाकार देखिएका छन् । फष्टलुक अनुसार फिल्ममा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । फिल्मको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् ।

फिल्ममा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्तका साथै एस जोडी अजय ,सुदिपको प्रमुख अभिनय रहेको छ । देबेन्द्र खड्का र मन बहादुर राउत निर्माता रहेको फिल्मको सह–निर्माता कल्पना मरहठ्ठा शाही,आषिस ऐर र प्रकाश बस्नेत रहेका छन् । फिल्मका कार्यकारी निर्माता बखत बिष्ट हुन् ।

नबिन पन्तको लेखन, बाशु बरालको छायाँकन, सिर्जन बराल नृत्य, रोशन बुढथापा र नरेन्द्र रावलको संगीतरहेको र टंक तिमल्सिना,सुरज पण्डित ,टिका पुन,गायक गायीकाहुन् भने सुवास देवकोटाको सम्पादन रहेको फिल्म माघ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको वितरण सुनिल मानन्धरले गर्नेछन् र फिल्मले कमेडी सैलिमा जातीय छुवाछुतको कथा बोल्छ ।

प्रकाशित मिति: Nov 15, 2017

प्रतिक्रिया दिनुहोस्