Logo
१२ श्रावण २०८१, शनिबार
(November 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेससंग सेटिङ्गको चर्चाबीच उपेन्द्रको बिरासत जोगाउन मनोज यादव चुनावी मैदानमा

  • लुकमान अन्सारी

इनरुवा :  सुनसरी स्थित उपेन्द्र यादवले जित हासिल गरेका तत्कालिन निर्वाचन क्षेत्र ५ हाल भने क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा अर्थमन्त्री ज्ञानेन्द्रबहाद्र कार्कीले कब्जा जमाएका छन् । भने उपेन्द्र यादव यसपटक सप्तरी २ बाट चुनाव लडेकाछन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अघिल्लो दुई वटै संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट चुनाव जितेका थिए । तर यसपटक उनले क्षेत्र छाडेपछि कांग्रेससंग सेटिङ्गसम्मको चर्चा चलेकोछ तर फोरमका उम्मेदवार मनोज यादवले भने कुनै सेटिङ्ग नभएकमो भन्दै उहाँकै बिरासत जोगाउन आफू चुनावी मैदानमा उत्रिएको बताउछन् ।

गत स्थानीय तहको चुनावमा भोक्राहा गाउँपालिकामा अध्यक्ष उपाध्यक्षसहित बहुमत फोरम नेपालले जित हात पारेकाले उपेन्द्र यादवको क्षेत्र र मधेशी जनताको भावनात्मक समबन्ध जोडिएकाले यो प्रदेशसभाको क्षेत्र चर्चाको विषय बनेको हो । नेपाली कांग्रेसले भोजपुरका कार्कीलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएकाले उनको हार जितको चर्चा र उपेन्द्र यादवको नासोका रुपमासमेत रहेको यस क्षेत्रका मतदाताले यस निर्वाचनमा गर्ने निर्णायक मतदान आगामी मंसिर २१ गते हुने भएकाले सवै दल र आम मतदाता यस दिनको पर्खाइमा रहेका छन ।

संघीय समाजवादी फोरम नेपालले मनोज यादवलाई उठाएको छ । पार्टीका नेता कार्यकर्ताहरुको ठुलो शक्ति यस प्रदेशसभामा परिचालित भएका छन । उनीहरुले यस पटकको निर्वाचनमा विगतको साखलाई जोगाउनका लागि चुनौतीसँगै अवसर समेत पाएका छन । विगतमा मतादाताहरुले उपेन्द्र यादवलाई रोजेका हुन की मधेशको भावनात्मक सम्बन्धमा गाँसिएका हुन भन्ने परिक्षा यस पटक हुने भएकाले पार्टी लेअगाडि सारेका उम्मेदवार मनोज यादवले विगतको नतिजालाई जोगाउन चुनावी माहौललाई तोडतोडका साथ अगाडि बढाएका छन ।

बिभिन्न समुदायका मतदाताहरु माँझमा यस प्रदेशसभा क्षेत्रको विकासदेखी पहिचानको मुद्दालाई स्थापित गराउन मतादाताहरुले आफुलाई साथ दिने विश्वास उनले गरेका छन । सुनसरीको इनरुवा नपाका वार्ड नं ३ , ४ र ८ भोक्राहा गाउँपालिका र हरिनगरा गाउँपालिकाको वार्ड ३ बाहेकका सवै वार्डहरु यो प्रदेशसभामा रहेका छन । साविकको घुस्की, बसन्तपुर, रामनगरभुटाहा, हरिनगरा, नरसिंह, भोक्राहा गाविसको भुगोल छ ।

यस भुगोलबाट नेपाली कांग्रेसले ताहिर अन्सारी, नेकपा माओवादी केन्द्रका जाकिर हुसैन, राप्रपा प्रजातान्त्रिक हसवुल मन्सुरी, संघीय समाजवादी पार्टीबाट जफार जमाली प्रदेशसभाको सदस्यको उम्मेदवार रहेका छन । उनीहरु सवै मुस्लिम समुदायका भएकाले मनोज यादवलाई संघीय समाजवादी फोरम नेपालले मधेशी समुदायको एक मात्र उम्मेदवारका रुपमा अगाडि सारेर सवै मधेशी मतादातालाई साझा उम्मेदवार बनाएर भोट माग्न गएको जिल्ला अध्यक्ष महेन्द्र यादवले बताए ।

हिजो हामीले निर्वाचन जितेको क्षेत्र, स्थानीय तह निर्वाचनमा जित हासिल गरेको भुगोल र केन्द्रीय अध्यक्षको विरासत रहेकाले सुनसरीमा मधेश आन्दोलनको इतिहास कायम राख्दै उपलब्धी प्राप्त गर्न निर्वाचनमा परिचालित भएको अध्यक्ष यादवले बताए । यस क्षेत्रका जनताको चाहना आवश्यकतालाई पुरा गर्ने मेरो मुख्य संकल्प भएकाले सवै जाति समुदायका मतदाताहरुले मलाई यस पटकको निर्वाचनमा मतदान गरी प्रदेशसभा निर्वाचनमा विजयी गराउने अपेक्षा गरेको युवा उम्मेदवार मनोज यादव बताउँछन ।

प्रकाशित मिति: Nov 14, 2017

प्रतिक्रिया दिनुहोस्