Logo
१७ बैशाख २०८१, सोमबार
(November 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशमा दमन गर्ने, जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराउन मेरो उम्मेदवारी : महतो

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आगामी निर्वाचनमा कांग्रेस नेता विमलेन्द्र निधिलाई जनकपुरका जनताले सबक सिकाउने बताएका छन् । उनले जनकपुरबासीले नेता निधिलाई पटक पटक चुनाव जिताएर पठाएपनि उनले यहाँको विकासको लागि सिन्को नभाँचेको आरोप लगाए ।

जनकपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका महतोले आज जनकपुरमा रिपोर्टस् क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै निधिसँग मधेशी मतदातालाई भेट्ने नैतिक अधिकार समेत नभएको बताए । मधेशी जनताको हत्यारालाई सबक सिकाउनको लागि जनकपुरका जनताले नेतृत्व वर्ग आउनुपर्छ भनेर व्यापक माग गरेको कारण आफू यहाँ आएको उनको भनाई थियो ।

‘जनताको मतआन्दोलनको पक्षमा सहभागि भएका सम्पूर्ण जनताहरुले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमन गर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराएर पठाउनुपर्छ’ उनले भने, -विगतमा मधेश आन्दोलनका विरुद्धमा सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसेको भएपनि अहिले जनताले बुलेटभन्दा तागदकारी हतियार ब्यालेटमार्फत दिनेछन् ।’

 

प्रकाशित मिति: Nov 14, 2017

प्रतिक्रिया दिनुहोस्