Logo
१२ श्रावण २०८१, शनिबार
(November 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट : निर्माण व्यवसायी गौचनको हत्या आरोपी ५ जना सार्वजनिक

काठमाडौं : प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँचजना अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गरी गोली हान्ने नुवाकोट पञ्चकन्या गाउँपालिकाका राजीव स्याङ्तान, हतियार व्यवस्था गर्ने पर्साका शिवजी महतो, बिहारका मुकेशकुमार पाण्डेलगायतलाई सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार समिरमानसिंह बस्नेतसहित मनोज पुन, लोप्साङ लामा, ग‌ंगा लिङ्देन, श्यामबहादुर गुम्बे, अम्मरबहादुर लामा, रोशन बुढाथोकी र अजय थापा अझै फरार छन् । त्यस्तै मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरीका सन्तोष गुरुङ, सहयोगी प्रकाश बूढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।  पुनले घटनाको नेतृत्व लिएका थिए भने गुम्बे र लामा नेपाली सेनाका भगौडा सिपाही हुन् ।

बुढाथोकीले घटना सम्पन्न गराउन भूमिका खेलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी घटनाका कमाण्ड समिरका नातेदार रहेको खुलेको छ । पक्राउ परेकाहरुमाथि स‌ंगठित अपराध ऐनअन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई ६० दिनको म्याद दिएको छ । उनीहरुलाई अहिले महानगरीय नगर प्रहरी कार्यालय प्रदर्शनीमार्गमा राखिएको छ ।

असोज २३ गते भएको हत्याबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा विशेष टोली गठन गरेको छ । टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, तीन डिएसपी र एक ईन्स्पेक्टर छन् ।

प्रकाशित मिति: Nov 14, 2017

प्रतिक्रिया दिनुहोस्