Logo
१२ श्रावण २०८१, शनिबार
(November 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘राजतन्त्र फर्किँदैन, राप्रपाले पनि बोक्दैन तर लिङ्देन जित्नेछन् : ओली

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ३ मा वाम गठबन्धनले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई जिताइछाड्ने दाबी गरेका छन् । चुनावपछि राप्रपा पनि राजतन्त्रतिर नभई एमाले र माओवादीको जस्तै जनतातिर र्फकने उनले बताए । ‘अहिले हामीले भनेजस्तो भन्न गाह्रो छ । अलिपछि बेग्लै कुरा छ’ एमाले अध्यक्ष ओलीले भने ।

महादेवले सतिदेवी बोक्दा त पास नलागेको भन्दै उनले अघि भने, ‘राजतन्त्र पनि फर्किँदैन । राप्रपाले पनि बोक्दैन, प्वाक्क भन्न मात्र गाह्रो भएको हो ।’ एमाले अध्यक्ष ओलीले कांग्रेसले लोकतन्त्र नभई लुटतन्त्र बुझेको आरोप लगाए । ‘कांग्रेसले लोकतन्त्र बुझ्दैन, लुटतन्त्र बुझ्छ’ उनले भनेका छन् ।

झापाको चप्रामारीमा सोमबार आयोजित चुनावी सभामा ओलीले अब राजतन्त्रलाई कसैले फर्काउन नसक्ने समेत बताए । अहिले टेक्ने सहारा केही नपाएपछि राप्रपाले राजतन्त्र भनेको भन्दै उनले चुनावपछि छाड्ने दाबी गरे । देशभर कांग्रेससँग चुनावी तालेमल गरेको राप्रपा झापामा वाम गठबन्धनसँग मिलेको छ । झापा ३ मा वाम गठबन्धनले राप्रपाका   लिङ्देनलाई समर्थन गरेको छ, जहाँ कांग्रेसका कृष्ण सिटौला उम्मेदवार छन् ।

 

प्रकाशित मिति: Nov 13, 2017

प्रतिक्रिया दिनुहोस्