Logo
१२ श्रावण २०८१, शनिबार
(November 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईओएमका बिद्यार्थीहरु आन्दोलित : डीनको पुत्ला दहन, डा. केसीविरुद्ध पनि लाग्यो नारा

काठमाडौ :  चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का एमबीबीएस प्रवेश परीक्षाका विद्यार्थीहरुले पुनः परीक्षाको माग गर्दै आइतबार त्रि.वी शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा डीन डा. जगदीश अग्रवालको पुत्ला जलाएका छन् । विद्यार्थीहरुले हालको परीक्षा रद्द गर्नु पर्ने, मर्यादित ढङ्गले पुनः परीक्षा सञ्चालन गरिनु पर्ने, असक्षम र अदुरदर्शी डीन कार्यालय तथा परीक्षा समिति बर्खास्त गर्न समेत विद्यार्थीहरुले आइओएम समक्ष माग गरेका छन् ।

प्रवेश परीक्षामा भएको अनियमितताका विषयमा सिआईबीले छानविन गरी प्रतिवेदन बुझाइसक्दा समेत डीन कार्यालयले दोषी उपर छानविन गर्नुको साटो मौन बस्नुले प्रश्न चिन्ह खडा भएको बताउँदै विद्यार्थीहरुले डीन कार्यालयको पदाधीकारीलाई बर्खास्तीको माग राख्दै पुत्ला दहन गरेका हुन् ।

 

डा. केसीविरुद्ध लाग्यो नारा

चिकित्सा शिक्षा अध्यादेश ल्याएकोमा खुशी व्यक्त गर्दै पत्रकार सम्मलेनको आयोजना गरेको डा. केसी माथि नै आइओएमका विद्यार्थी खनिएका छन् । आईओएमको प्रवेश परीक्षा पुनः सञ्चालन गरिनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले यो प्रकरणमा आफूहरुलाई साथ दिन डा. केसी समक्ष बारम्बार आग्रह गर्दा समेत डा. केसीले स्वास्थ्यको बहाना बनाउँदै पन्छिन खोजेको आरोप लगाए ।

प्रकाशित मिति: Nov 12, 2017

प्रतिक्रिया दिनुहोस्