Logo
५ जेष्ठ २०८१, शनिबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्फा कम्प्लेक्समा हुने खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदै अनिल गुरुङ

काठमाडौं : मंगलबार नेपाल र फिलिपिन्स सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलसँगै अनिल गुरुङले संन्यास लिने भएकाछन् । ओमानी गोलकिपर अली अल–हब्सीले जर्मन महारथी बायर्न म्युनिखविरुद्ध यूईएफए कप (सन् २००७–०८) मा उत्कृष्ट प्रदर्शन गरेपछि खेल बराबरीमा टुंग्याएका थिए ।

नेपाली फरवार्ड अनिल गुरुङले १० वर्षअघि यिनै गोलकिपरविरुद्ध पहिलो रोजाइमा खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए । त्यसबेला इंग्लिस प्रिमियर लिग क्लब बोल्टन वन्डर्समा रहेका सम्हालेका अल–हब्सी ओमानका पनि मुख्य गोलकिपर थिए ।

नेपालको तुलनामा निकै माथिल्लो स्तरको टिमविरुद्ध अनिलले तहल्का त मच्चाउन सकेनन् तर त्यहींबाट सुरु अन्तर्राष्ट्रिय फुटबलको करिअरमा भने उनी ‘बिट’ मार्ने स्थितिमा आइपुगेका छन् ।

नेपाली राष्ट्रिय टिम र ओमानको खेल थियो, २०१० विश्वकप छनोट । एसियाली छनोटको पहिलो चरणको पहिलो लेग मस्कटमा थियो र त्यसमा अल–हब्सीको टिम ओमानले २–० को जित निकाल्यो ।

 

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्