Logo
१२ श्रावण २०८१, शनिबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरि सुरु भयो नयाँ आईजिपीको दौड : रमेश ट्वाल्ल, सर्वेन्द्र सक्रिय !

  • छायाचन्द्र भण्डारी,

काठमाडौं : डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किए । उनको आगमनसँगै भावी आइजीपीको नेतृत्वका लागि आन्तरिक दौड चलेको छ । राष्ट्रसंघ अन्तरगत सुडानमा कार्यरत खरेल प्रचार गर्दै राजधानी ओर्लिए । निरन्तर जनताको काममा खटिएका सर्वेन्द्र खनालको कामदेखे खरेल एकाएक ओर्लिएकाहुन्,हेडक्वाटरमा चर्चा छ ।

सुडान मिसनमा उनको ६ महिना अवधि बाँकी नै थियो । तर, नयाँ आईजिपीका लागि दौडधुप सुरु भइसकेकाले उनले बीचमै मिसन छाडे समाचार स्रोत भन्छ । खरेल भावी आईजिपीमा बलिया प्रतिस्पर्धी हुन् भन्ने गरिएको छ । पछिल्लो समय जनताका काममा निरन्तर खटिएका सर्वेन्द्र खनाललाई उनका ब्याचीहरुले भेट्न गाह्रो छ,प्रहरी हेडक्वाटरका एक उच्चअधिकारी भन्छन् ।

अहिलेकै ऐन-नियम अनुसार आगामी चैतको अन्तिमबाट अहिलेका आईजिपी प्रकाश अर्यालसहित सबै एआईजीले अवकाश पाउनेछन् । त्यो अवस्थामा सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की ,उत्तम कार्की लगायतका डिआईजीहरु मध्ये एक आईजिपी हुने छन् ।

आईजिपीका लागि पछिल्लो ३ बर्षको कार्य सम्पादन मुल्यांकनका आधारमा छनोट गरिन्छ । सर्वेन्द्र खनाल निरन्तर संगठन र जनताको काममा सक्रिय छन् । बढुवा सूचीको एक नम्बरमा सर्वेन्द्र खनालको काविलताका बारेमा सर्वत्र चर्चा समेत छ ।

उनी जनताको काममा निरन्तर खटिएकाछन् । दोश्रो नम्बरमा डिआइजी रमेश खरेल कुनैबेला निकै चर्चामा थिए । मिटर ब्याजका कारण उनी विवादस्पद प्रहरी अधिकारीमा दर्ज भएकाछन् । उनको आडमा श्रीमतीले मिटर ब्याजमा रकम लगाउदैँ पैसा असुल्ने गरेको आरोप छ ।

त्यसैगरि तेस्रो बरियातामा पुष्कर कार्की रहेकाछन् । चौथोमा उत्तम कार्की, पाचौंमा भोगबहादुर थापा, थापा पनि विवादस्पद प्रहरी अधिकारी हुन् । छैठौंमा पुष्कल रेग्मी, सतौंमा पवन खरेल, आठौंमा छविलाल जोशी रहेकाथिए । जोशीलाई प्रहरी संगठन भित्र रकमी प्रहरी अधिकारीको रुपमा चित्रण गरिन्छ ।

नवौंमा मनोज न्यौपाने, १०औँ ज्ञान विक्रम शाह, ११औँ ठूले राई, १२ औँ शरद चन्द, १३ औँ धिरु बस्नेत, १४ औँ पुष्पचन्द्र रञ्जित र १५ औंमा सुरेश विक्रम शाह बढुवा भएका थिए । आईजिपीको दौडसँगै प्रहरी भित्र सर्वेन्द्रको कार्य क्षमताका बारेमा निरन्तर प्रसंशा छ । उनको प्रसंशा देखेर रमेश खरेल लगायतका डिआईजीहरु ट्वाल्ल परेकाछन् ।

त्यसो त संगठन प्रति इमान्दार चरित्र र लगाव हेरेर आइजीपी छान्ने हो भने सर्वेन्द्र निकै अगाडिछन् । डिआइजीको बढुवा सूचिमा ८४ दशमलब ४७३४ अंकसहित खनालको बढुवा १ नम्बरमा गरेको थियो । दोस्रो नम्बरमा रमेशप्रसाद खरेल बढुवा भएका छन् ।

उता खरेलसँगै आइजीपीको रेसमा नारिएका खरेल भरतपुर तालिम केन्द्रको नेतृत्व लिँदै गर्दा विवादमा परेका थिए भने संयुक्त राष्ट्रसंघीयको शान्ति मिसनबाट भर्खर स्वदेश फर्किएका प्रहरी अधिकारी हुन् ।

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्