प्रचारवाजी अनुसार नै कम्युनिष्ठ गठबन्धनले बहुमत ल्याउने कुनै अधार छैन : निधि
जनकपुरधाम : एमाले–नेकपा माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धनले कुनै हालतमा बुहमत ल्याउन नसक्ने दाबी गरेका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उ्रम्मेदवारी दिएका नेता निधीले यस्तो बताएका छन् ।
जनकपुरमा आयोजित एक साक्षात्कारमा उनले एमाले र माओवादीले भनेजस्तो दुई तिहाईको कुरा प्रचारवाजी मात्रै रहेका बताएका छन् । उनले अहिलेको चुनावलाई सामन्य चुनावको रुपमा मात्रै नहेर्न मतदाताहरुसँग आग्रह गरे ।
निधिले काँगे्रस संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कायम राख्ने र यसको लागि आफ्नो पार्टी अगुवाई गरिरहेको समेत जिकिर गरे ।
उनले अहिलेको संविधानलाई खारेज गरेर एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याउने चाहाना राखेका भन्दै कुन व्यवस्थालाई बलियो बनाउने भन्ने जनताको हातमा रहेको उल्लेख गरे ।
नेता निधीले संविधान संसोधनको सवालमा आफु परिपक्वताका साथ अगाडी बढाएको र जनकपुर–ढल्केवर ६ लेनको बाटो, हवाई सेवा विस्तारदेखि लिएर अन्य कामहरु समेत गरेको उल्लेख गर्दै आफूले गरेका सबै कामहरु जनतालाई राम्रोसँग थाहा भएकोले आफूलाई भोट हाल्ने बिश्वास व्यक्त गरे ।