Logo
१२ श्रावण २०८१, शनिबार
(November 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमको निर्देशन : निर्वाध रुपमा मतदान गर्न पाउनुपर्ने वातावण वनाउ

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले मतदाताहरुको स्वतन्त्रापुर्वक मतदान गर्ने अधिकारको सम्मान गर्दै सुरक्षा व्यबस्थाका साथै आवश्यक बातावरण बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रदेश नम्बर २ को जनकपुरमा गृहमन्त्रालयद्वारा आयोजित सुरक्षा गोष्ठिको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक व्यक्तिले आफुले रोजेको पार्टी, दल र उम्मेदवारलाई निर्वाध रुपमा मत हाल्न पाउने अधिकारको संरक्षण गर्न पाउनुनपर्ने वातावरण बनाउन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

आगामी मसिंर २१ गते हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरि गृह मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगले समेत स्थानीय निकायको निर्वाचनमा निर्वाचन आयोेगको खेलेको भुमिकाको प्रशंसा गर्दै भयरहित वातावरणमा निष्पक्ष तवरले निर्वाचन सम्पन्न गराउने अभिारा पुरा गर्न सरकारले निर्वाचन आयोग सम्पुर्ण सहयोग गर्न कटिबद्ध रहेको बताए ।

सुरक्षा गोष्ठीमा पूर्व सप्ततरी देखि पश्चिम पर्सा सम्मका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखहरुको सहभागिता रहेको थियो । गृह मन्त्रीको जिम्मेबारी सेमत निर्बाह गर्दै आएका प्रधानमन्त्री देउवाले संबिधान कार्यान्वयनको दिशामा दुबै तहको निर्वाचन महत्वपुर्ण रहेको हुनाले निर्बाध रुपमा मतदान गर्न मतदाताहरुसंग आग्रह गर्दै संघीय लोकतान्त्रिक गठबन्धनलाई स्थायी प्रदान गर्न निर्वाचन अति महत्वपूर्ण भएकोले निर्वाचन सबैले सफल बनाउन आग्रह गरे ।

 

प्रकाशित मिति: Nov 9, 2017

प्रतिक्रिया दिनुहोस्