Logo
७ जेष्ठ २०८१, सोमबार
(November 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा मैथिली गीति एल्बमको बढ्दो लोकप्रियता

जनकपुरधाम : मैथिलाको कला र संस्कृतीको सबैभन्दा बलियो पक्षको रुपमा रहेको छ यहाँका लोकगितहरु । मिथिलामा जन्म देखि मृत्युसंस्कार सम्ममा लोकगितहरु गाउने परम्परा रहि आएको छ । मैथिली लोकगितहरुको गीति एल्वमको इतिहास धेरै पुरानो नभएपनि थोरै समयमा अत्याधिक लोकप्रियता प्राप्त गर्न सफल भएको छ ।

जनकपुरबाट निस्केको पहिलो मैथिली एल्वममा संगितकार एवं गायक सुनिल मल्लिक, गीतकार अशोक दत्त, प्रवेश मल्लिक, गायक आभाष लाभ, गायिका रश्मी, नेहा प्रियदर्शनी सहितका कलाकारहरुले आफ्नो कला कौशलको प्रर्दशन गरेका थिए। तर, २०५५ सालमा मैथिली गीति एल्वमको इतिहासमा क्रान्ति आएको हो ।

जनकपुरमा २०५२ सालमा संगितप्रेमी कलाकारहरुले गठन गरेको मिथि समुह नामको संस्थाले यहाँ गीति एल्वमहरुको सुरुवात गरेको हो। यस समूहले निकालेको पहिलो गीति एल्वर्म रे छौरा तोरा बज्जर खसतौ’ निकै लोकप्रिय हुन पुग्यो। विशेष गरि युवा समूहहरुमा यस गीति एल्वमको निकै चर्चा रह्यो ।

सो बेला बजारमा आएर्को गित घरघरके ’नामको एल्वमले ठूलो प्रसिद्धि हासिल गर्न सफल भएको हो। जनकपुरमा अहिले पनि कुनै साँस्कृतिक कार्यक्रमको आयोजना भयो भने यस एल्वमका गीतहरु गुञ्जीने गर्छ । जनकपुरबाट निस्केको सबैभन्दा सफल गीति एल्वमको रुपमा यसलाई मानिएका छ । त्यसैगरी मैया भवानी विनती सुनु, हमर धकधकी बढैया जस्ता गीति एल्वमहरु पनि यसै समूहको सक्रियतामा निर्माण गरिएको हो ।

मिथि समूहले सूरु गरेको गीति एल्बम यात्रामा मिथिला नाट्यकला परिषद पनि सहयात्री बन्दै नयाँ आयामहरु थप्न पुग्यो। विशेषगरी नाट्य क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्न सफल भएको मिनापर्ले लेहुआएल आँचर’ र खोता सिंगार नामको एल्वम निर्माण गरेपछि मैथिली गितको प्रचारमा अझ बढि प्रभावकारी सिद्ध भएको हो ।

मैथिली गीति एल्वमको बढ्दो लोकप्रियताले गायकहरुमा उत्साह थप्दै गयो र एल्वम निकाल्ने क्रम संस्थागत रुपमा मात्र सिमित नभई व्यक्तिगत रुपमा पनि आरम्भ भयो । सोही क्रममा गायक संजय यादवले २०६१ सालमा चान्दके टुकडा नामको गीति एल्बम निजि लगानीमा निर्माण गरे ।

२०५० सालदेखि २०६५ सम्म जनकपुरमा गीति एल्वम निकाल्ने होड निकै देखिएपनि त्यसपछि माहौल सेलाएको हो । अहिले एक्कादुक्का बाहेक खासै लगानी गीति एल्वम निर्माणमा भएको देखिदैन् । त्यसको सफलता पछि यादवको लगानी र स्वरमा गीति एल्वम निकाल्ने लहरनै चल्यो र माल टनाटन छै, रसगर चहटगर, तोँ छे सभसँ नम्बर वन लगायतका एल्वमहरु निर्माण भयो ।

 

प्रकाशित मिति: Nov 9, 2017

प्रतिक्रिया दिनुहोस्