Logo
५ जेष्ठ २०८१, शनिबार
(November 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको कीर्गिस्थान यात्रा समाप्त : अन्तिम खेलमा ओमानसँग ५–० ले हार्यो

काठमाडौं : कीर्गिस्तानमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोट फुटबलको अन्तिम खेलमा नेपाल ५–० ले पराजित भएको छ । योसँगै नेपालको कीर्गिस्थान यात्रा टुंगिएको छ । समूह चरणका सुरुवाती तीन खेलमा पराजित हुदै छनोट चरणबाट बाहिरिसकेको नेपालले अन्तिम खेल प्रतिष्ठाका लागि खेलको थियो ।

पहिलो हाफमा ३ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल व्यहोरेको हो । योसँगै नेपाल समूह चरणका चारवटै खेलमा पराजित भएको छ । पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग २–० ले पराजित भएको थियो। दोस्रो खेलको नतिजा ४–० ले बहराइनलाई नतिजा सुम्पेको नेपाल तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग १–० ले पराजित हुदै समूह चरणबाट बाहिरिसकेको थियो ।

प्रकाशित मिति: Nov 8, 2017

प्रतिक्रिया दिनुहोस्