Logo
१२ श्रावण २०८१, शनिबार
(November 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढी धुवाँ फाल्ने गाडी ट्राफिकको निशानामा : साढे चारसय सवारी साधनलाई कारबाही

काठमाडौं : बढी धुवाँ फाल्ने सवारी ट्राफिक प्रहरीको निशानामा पर्न थालेका छन् । प्रहरीले काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० वटा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको जनाएको छ । जसमा प्रदूषण स्टिकर फेल भएका ३१७, स्टिकर नर्भका आठ र बढी धुवाँ फाल्ने १२५ सवारीसाधन छन् ।

प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी साधनलाई कारबाही शुरु गरेको छ । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर, सफा र स्वच्छ काठमाडौँ निर्माणका लागि यस्तो अभियान चालिएको जानकारी दिए ।

 

प्रकाशित मिति: Nov 8, 2017

प्रतिक्रिया दिनुहोस्