Logo
७ जेष्ठ २०८१, सोमबार
(November 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व राष्ट्रपति यादवको घर भाँडा तिर्न दिल्लीबाट एक युवाले पठाए चन्दा

काठमाडौं : पूर्व राष्ट्रपति डा.राम्बरण यादवको घर भाडा प्रकरणको ब्यङ्गयात्मक बिरोध सुरु भएको छ ।  भारतको नयाँ दिल्लीमा बसोवास गर्दैआएका एक यूवकले उनको घरभाडामा सहयोग होस् भन्दै चेक मार्फत चन्दा सहयोग पठाएका छन् ।
पछिल्लो पटक डा. यादव बस्ने घरका घरधनीले घर खाली गर्न एक दैनिक पत्रिकामा विज्ञापन नै छापेर १५ दिने अल्टिमेटम दिएपछि भाडाबारे चर्चा फैलिएको हो ।

पूर्व राष्ट्रपति यादवलाइृ घर भाडा तिर्न सहयोग होस् भन्दै भारतको दिल्लीमा बस्दै आएका उमेश कुमार साहले पूर्व राष्ट्रपति डा. यादवको नाममा एक हजारको चेक पठाएका हुन् ।

उनले राष्ट्रपतिको घर भाँडा तिर्नका लागि चन्दा उठाउन सर्वसाधारणहरुलाई आग्रहसमेत गरेका छन् । साहले भारतीय स्टेट बैंकको एक हजारको चेक पठाउँदै अन्य मधेशी, आदिवासी, जनजाति, थारु र मुस्लिमहरुलाई पनि सहयोग गर्न आग्रह समेत गरेका छन् ।

 

प्रकाशित मिति: Nov 7, 2017

प्रतिक्रिया दिनुहोस्