Logo
११ श्रावण २०८१, शुक्रबार
(November 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नगदसहित गौर अस्पतालका ईमरजेन्सी इन्चार्ज प्रविण कुमार अख्तियारको नियन्त्रणमा

अस्पताल मर्मत गर्ने ठेकेदारसँग घुस रकम लिने जिल्ला अस्पताल गौरका ईमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मंगलबार पक्राउ गरेको छ ।

अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले हेल्थ असिस्टेन्ट झालाई एक लाख रुपैयाँ नगदसहित कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । जिल्ला अस्पताल गौरमा मर्मत तथा रंङ्गरोगनको ठेक्का लिएका ठेकेदार रामप्रताप यादवसँग झाले रकम माागेका थिए थिए ।

काम गर्ने क्रममा ईमरजेन्सी ईन्चार्ज झाले रकम माग्दै आएको र रकम नदिए काममा अवरोध गर्ने धम्की दिएर रकम मागेको ठेकेदार पक्षको भनाइ छ ।

आफूले ठेकेदारसँग सापटी रकम सापटी मागेको दावी गर्दै ठेकेदारले आफूलाई फसाएको झाले बताए । रकमसहित पक्राउ परेका झालाई अख्तियारको टोलीले अनुसन्धानको लागि क्षेत्रीय कार्यालय हेटौडा लगेको छ ।

प्रकाशित मिति: Nov 7, 2017

प्रतिक्रिया दिनुहोस्