Logo
१२ श्रावण २०८१, शनिबार
(November 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनी लियोनी जस्तै अब यी पोर्नस्टार सुन्दरीले बलिउड सिनेमा खेल्ने

सनी लियोनी पोर्न उद्योग हुँदै अहिले बलिउडमा छिरेकी छिन् । उनलाई बलिउडसम्मको यात्रामा ‘बिग बोस’ले सघायो । बिग बोसमा सहभागी हुन भारत आएकी उनी बलिउडमा जमिन् । अहिले सनीकै पदचिन्ह पच्छ्याउँदैछिन्, मिया खलिफा ।रोचक त के छ भने उनै मिया खलिफाले भारतीय फिल्म उद्योगमा प्रवेश गर्दैछिन्, सनीले जस्तै । खासमा उनी मलयालम फिल्मबाट इन्ट्री गर्ने चर्चा छ । उनले अभिनय गर्ने फिल्मको नाम हो, चंक्ज २ : द कन्क्लुजन । यो चंक्ज फिल्मकै सिक्वेल हो ।

केही समयअघि हल्ला थियो, मिया खालिफा ‘बिग बोस’ मा सहभागी हुँदैछिन् । तर, त्यो हल्ला हल्लामै सीमित रह्यो । अहिले अर्को चर्चा छ, उनी भारत आउँदैछिन् । यही चर्चाले ग्ल्यामर मिडिया तताएको छ । यसका निर्देशकले भने अनुसार, मियाले उक्त फिल्ममा खेल्ने पक्कापक्की भइसकेको छ । उनी फ्लोरिडामा बस्छिन् । उनले फेब्रुअरी २०११ म एक अमेरिकी युवासाग विवाह गरेकी थिइन् ।

मियाले २०१४ बाट पोर्न उद्योगमा पाइला राखेकी हुन् । यसअघि उनी एक रेष्टुरेन्टमा काम गर्थिन् । मिया लेबनानमा जन्मिएकी हुन् । पछि उनी परिवारसहित अमेरिका बसाइँ सरेकी थिइन् । अमेरिकामा उनी स्थानीय फास्ट फुड क्याफेमा काम गर्थिन् । त्यही बेला एक ग्राहकले उनलाई पोर्न उद्योगमा काम गर्नका लागि अफर गरेका थिए ।

लेबनानी भएका नाताले उनले सुरुमा केही विवादको सामना गर्नुपर्‍यो । मिया लेबनानमा बस्दिनन् । तर, उनले अफ्नो हातमा लेबनानको नामको ट्याटु खोपाएकी छिन् । यसले उनले आफ्नो देशको नाम दुरुपयोग गरेका आरोप पनि लाग्ने गरेको छ । १८ वर्षको उमेरमा उनले एक अमेरिकी युवासँग विवाह गरेकी थिइन् । (एजेन्सी)

प्रकाशित मिति: Nov 6, 2017

प्रतिक्रिया दिनुहोस्