Logo
२४ असार २०८२, मंगलबार
(November 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रादेशिक राजधानी विराटनगरलाई बनाउने साझा संकल्प : महेश आचार्य

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृद्धिका लागि राष्ट्रिय विकासको एजेन्डामा नेपाली कांग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् । मोरङ क्षेत्र नं–४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेता आचार्यले प्रादेशिक राजधानी विराटनगरलाई बनाउने साझा संकल्पका साथ अगाडि बढ्ने बताए ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस रणनीतिका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको स्पष्ट पारे ।

केन्द्रीय सदस्य आचार्यले सोअनुरुप विराटनगरको पूर्वाधार निर्माणका लागि सुहाउँदो सडक सञ्जाल, पाँच वर्षमा रंगशालाको पूर्णता दिने, सभागृह निर्माण, अस्पतालमा सुधारका साथै चीनसम्म सडक विस्तारका लागि विराटनगर–किमाथान्का सडक निर्माणमा जोड दिने बताए।

प्रकाशित मिति: Nov 6, 2017

प्रतिक्रिया दिनुहोस्