Logo
१२ श्रावण २०८१, शनिबार
(November 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराष्ट्रपतिको घरभाडाबारे बोल्यो शीतलनिवास : ‘घरबेटीलाई राष्ट्रपति कार्यालयले चिन्दैन’

काठमाडौं : पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई बस्दै आएको घर छोड्न घर मालिककले १५ दिने सूचना जारी गरेपछि राष्ट्रपतिको कार्यालयले आधिकारिक धारणा सार्वजनिक गरेको छ । राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र पौडेलले पूर्व राष्ट्रपति यादवलाई सरकारले दिँदै आएको सेवा सुविधामा कुनै कमी नगरेको भन्दै पूर्व राष्ट्रपतिका सेवा सुबिधाबारे नेपाल सरकारको मन्त्रिपरिषदको २०७३ माघ २० गतेको बैठकले केही परिवर्तन गरेको र त्यहि अनुसार जानकारी गराएको बताए ।

उनले उक्त निर्णय अनुसार पूर्व राष्ट्रपतिको आफ्नो घर भए मासिक एक लाख घरभाडा उपलव्ध गराउने तथा आफ्नो घर नभएको खण्डमा मासिक २ लाख भाडा सरकारले व्यहोर्ने उल्लेख भएको भन्दै त्यसवारे डा यादवलाई जानकारी गराएपनि यादवले प्रतिउत्तर नदिएको गुनासो गरे । त्यहि निर्णयका आधारमा राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई उक्त निर्णसहित विकल्प रोज्न भन्दै यसअघि नै पत्र समेत पठाइसकेको जनाएको छ ।

पूर्व राष्ट्रपति यादव ललितपुर महानगरपालिका वडानं ४ बागडेलस्थित रविभक्त विष्टको घरमा २०७२ कार्तिक १२ गतेबाट बस्दै आएका छन् । तर, सरकारको पछिल्लो निर्णयमा यादवले कुनै जवाफ नपठाएपछि राष्ट्रपति कार्यलयले गत साउन यता घरभाडा बापतको रकम नपठाएको स्वीकार गरेको छ ।

तर, पूर्व राष्ट्रपतिले भने अहिलेसम्म त्यसको जवाफ नपठाएको राष्ट्रपति कार्यालयले जनाएको छ । सचिव पौडेलले पूर्व राष्ट्रपति बस्दै आएको घर मालिकसँग राष्ट्रपति कार्यालयलको कुनै सरोकार नरहेको पनि बताएका छन् । उनले भने ‘सरकारले पुर्व राष्ट्रपतिलाई घरभाडा बापतको रकम दिने हो घरवेटीलाई दिने होइन, त्यसैले घरबेटीलाई राष्ट्रपति कार्यालयले चिन्दैन ।’

उता, पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका छन् । घरबेटी विष्टले सोमबार एउटा राष्ट्रिय दैनिक पत्रिकाको पाँचौं पृष्ठमा घर खाली गर्नेबारे सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् ।

पूर्वराष्ट्रपति यादव ललितपुर- ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको थियो । घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा भनिएको छ-‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४/४/१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भर्इ जाने व्यहोरा सादर अनुरोध छ ।’

पूर्वराष्ट्रपति यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासले आवास सेवा उपलब्ध गराउँदै आएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ । तर, गत साउनदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्टपछि यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको विष्टले गुनासो गरेका छन् ।

हेर्नुहोस् सूचना : 

 

 

 

 

प्रकाशित मिति: Nov 6, 2017

प्रतिक्रिया दिनुहोस्